ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर


एबीसी न्यूज
१ असार २०८३, सोमबार   १० : १३   बजे

काठमाडौं १ असार ।आफ्ना प्राचीन स्मारक र भूमध्यसागरीय तटीय सौन्दर्यका लागि प्रसिद्ध दक्षिणी लेबनानी शहर टायरमा इजरायल र हिज्बुल्लाहबीचको हालैको सैन्य द्वन्द्वको गहिरो डोब प्रष्ट देखिन थालेको छ । महिनौंसम्म चलेको द्वन्द्वका कारण क्षतिग्रस्त भएका भवनहरू, ध्वस्त पारिएका सवारी साधनहरू र उजाडिएका बस्तीहरूले युद्धको विभिषिकालाई अझै पनि झल्काइरहेका छन् । शहरभरि इजरायली हवाई हमलाका निशानहरू अझै पनि प्रत्यक्ष देखिन्छन् । धेरै आवासीय भवनहरू भग्नावशेषमा परिणत भएका छन् भने टायरको ऐतिहासिक पहिचान बोकेका प्राचीन सम्पदा स्थलहरू नजिकै क्षतिग्रस्त संरचनाहरू ठडिएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार यस लडाइँका क्रममा सहरले बारम्बार ठूला आक्रमणहरू खेप्नुप¥यो, जसका कारण यहाँ व्यापक क्षति पुगेको छ । यस्तो विनाशका बाबजुद पनि सहरका केही भागहरूमा जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । भग्नावशेषका बीचमा लेबनानी झण्डाहरू फहराइरहेका देखिन्छन्, जसलाई स्थानीय बासिन्दाहरू सहरको जीवन्तता र पुनरुत्थानको प्रतीक मान्छन्। हजारौं वर्ष पुरानो समृद्ध इतिहास बोकेको टायर सहर लेबनानका सबैभन्दा महत्त्वपूर्ण पुरातात्विक धरोहरहरूको घर हो । तर आफ्नो प्राचीन सम्पदा जोगाउने चुनौतीसँगै अहिले यस सहरसामु युद्धमा ध्वस्त भएका बस्तीहरू पुनर्निर्माण गर्नुपर्ने ठूलो जिम्मेवारी पनि आइपरेको छ । पुनर्निर्माणका प्रयासहरू जारी रहँदा, तटीय शहरभरि छरिएका भग्नावशेषहरूले द्वन्द्वको मानवीय र भौतिक क्षतिको सम्झना गराइरहने स्थानीय बताउँछन् । यद्यपि, टायरको ऐतिहासिक चरित्र र सामुदायिक जीवनलाई अक्षुण्ण राख्न धेरै बासिन्दाहरू दृढ संकल्पित देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

अमेरिकी बमबारीपछि इरानद्वारा जोर्डन र खाडी राष्ट्रहरूमाथि आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu