ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण


एबीसी न्यूज
२ असार २०८३, मंगलबार   ११ : २२   बजे

काठमाडौं, २ जेठ । चीनले सोमवार आठ वटा उपग्रह बोकेको लिजियान–१ वाइ१४ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको एक व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार बिहान ११ः४४ बजे प्रक्षेपण गरिएको उक्त रकेटले आफ्ना पेलोडलाई तोकिएको कक्षमा सफलतापूर्वक पु¥याएको छ । प्रक्षेपण गरिएका सबै उपग्रहहरू उच्च–रिजोल्युसन भएका अप्टिकल रिमोट सेन्सिङ (प्रकाशीय दूरसंवेदन) उपग्रहहरू हुन् । यो यस रकेट श्रृङ्खलाको १४ औं उडान मिसन हो । यस रकेटको विकास चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ मेकानिक्सद्वारा स्थापित व्यावसायिक अन्तरिक्ष उडान कम्पनी सीएएस स्पेसले गरेको हो । रकेट निर्माताकाअनुसार लिजियान–१ श्रृङ्खलाले हालसम्म कुल १५ टनभन्दा बढी वजनका १०५ वटा उपग्रहहरू अन्तरिक्षमा पठाइसकेको छ । कम्पनीकाअनुसार यस रकेट श्रृङ्खलाले सन् २०२६ को दोस्रो त्रैमासिकमा लगातार तीन पटक सफल प्रक्षेपण गरी यस वर्षको उच्च–घनत्व प्रक्षेपण तालिकालाई थप तिब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

सम्बन्धित

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

‘मलाई बन्द नगर’ भन्ने एआईले विश्वलाई झस्कायो

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group