ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)


एबीसी न्यूज
४ असार २०८३, बिहिबार   ७ : ३७   बजे

काठमाडौँ – सर्वोच्च अदालतले आर्थिक अवस्था कमजोर भएकै कारण क्षतिपूर्ति बुझाउन नसक्ने नागरिकलाई जेल पठाउने प्रशासनिक अभ्यासलाई बदर गर्दै एक ऐतिहासिक फैसला सुनाएको छ। न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको पूर्ण इजलासले गरिबीलाई अपराधको संज्ञा दिन नमिल्ने भन्दै यस्तो आदेश दिएको हो।

बाराका राजकिशोर प्रसाद यादवको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले ‘कानूनको प्रयोग यान्त्रिक नभई न्यायमुखी हुनुपर्ने’ सिद्धान्त प्रतिपादन गरेको छ।

के थियो विवाद?

बाराका राजकिशोरप्रसाद यादव सवार मोटरसाइकल दुर्घटनामा परी एक वृद्धको मृत्यु भएपछि उनी कानुनी झमेलामा परेका थिए। सवारी ज्यान मुद्दामा जिल्ला अदालत बारामा १५ हजार धरौटी बुझाएर तारेखमा रिहा भएका उनलाई, पीडित परिवारलाई क्षतिपूर्ति भराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) बाराले ९ लाख २० हजार रुपैयाँ धरौटी माग्यो।

गरिब परिवारका राजकिशोरले उक्त रकम बुझाउन नसकेपछि सीडीओले उनलाई पुर्पक्षका लागि वीरगन्ज जेल पठाए। जिल्ला अदालत र उच्च अदालतले समेत सीडीओको उक्त निर्णयलाई सदर गरेपछि राजकिशोर लामो समयदेखि थुनामा थिए।

सर्वोच्चको व्याख्या: ‘थुना नै समाधान होइन’

सर्वोच्च अदालतले राजकिशोरका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै निम्न बुँदाहरूमा जोड दिएको छ:

  • मानवीय दृष्टिकोण: पैसा नभएकै आधारमा गरिब व्यक्तिलाई अनिश्चितकालका लागि जेल राख्नु संविधानप्रदत्त स्वतन्त्रताको हकको गम्भीर उल्लंघन हो।
  • पीडित र अभियुक्त दुवैलाई असर: अभियुक्तलाई जेलमा राख्दैमा पीडितले तत्काल क्षतिपूर्ति पाउँदैनन्। अभियुक्त जेलमा हुँदा उसले आम्दानी गर्ने बाटो बन्द हुन्छ, जसले अन्ततः क्षतिपूर्ति असुलीलाई थप जटिल बनाउँछ।
  • सीडीओलाई नयाँ मार्ग: अदालतले सीडीओहरूलाई दण्डात्मक शैली मात्र नअपनाउन निर्देशन दिएको छ। अबदेखि धरौटी तिर्न नसक्ने अवस्थामा सम्पत्ति रोक्का राख्ने, नियमित तारेखमा राख्ने वा दुवै पक्षबीच छलफल गराई किस्ताबन्दीमा क्षतिपूर्ति तिर्ने वातावरण मिलाउने लगायतका विकल्पहरू प्रयोग गर्न सर्वोच्चले परमादेश जारी गरेको छ।

न्यायिक सन्देश

यो फैसलाले नेपालको प्रशासन संयन्त्रलाई थुन्ने निकायबाट रूपान्तरण भई ‘न्याय र समन्वय’ गर्ने निकायको रूपमा काम गर्न दबाब सिर्जना गरेको छ। कानूनका प्राविधिक पाटाहरूले गर्दा गरिबहरू न्यायबाट वञ्चित हुनुपर्ने परम्परागत अभ्यासमा यो फैसलाले ठूलो ब्रेक लगाएको छ।

सर्वोच्चको यो फैसलासँगै राजकिशोर यादव जेलमुक्त भएका छन्। कानून व्यवसायीहरूले यसलाई ‘न्यायको विजय’ को रूपमा लिएका छन्।

superme court verdict on reumnration of bara victimDownload

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group