ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय सचिवालय सिंहदरबारमा सौर्य उर्जाको प्रयोग


admin
२७ चैत्र २०७४, मंगलबार   ३ : २०   बजे


काठमाडौं, २७ काठमाडौं ।
देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।

चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सबै भन्दा ठूलो सोलार सिंहदरबारमा राखिएको भन्दै यो सुरुवातमात्र भएको बताउनुभयो । उहाँले नेपालको जलश्रोतको उपयोगमार्फत जलविद्युत उत्पादन गर्ने कार्यका साथै सोलार बिजुलीलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा रहेको जनताको जिवनस्तरलाई माथि ल्याउन स्वास्थ , शिक्षा , रोगजारी र बिकासको कार्यलाई पनि सरकारले तिव्रता दिने भन्दै तीन बर्षभित्रै ठूलो परिवर्तनको महशुस जनताले गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा चिनियाँ राजदूत यू होङले सिंहदरबारमा सोलार प्रणाली जडान गर्न सफल भएको भन्दै सहयोगका लागी सरकारलाई धन्यवाद दिनुभयो । उहाले चीनले उर्जा उत्पादनका क्षेत्रमा नेपाललाई सदैव सहयोग गर्ने बताउनुभयो ।

सिंहदरबारमा प्यानल राख्ने काम दुई वर्षअघि सुरू भएको थियो । सुरुवातमा ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली उत्पादन गरिएको हो । सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group