बारा, २७ चैत । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलान्यास सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रा.ली उद्योगमा मलासिस ट्याङ्क विष्पोट भएको छ।
उखु पेलेर लेदो निस्कासन हुने ट्याङ्क विष्पोटमा हुँदा उखुको तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय भारतीय कामदार राम स्नेही रहेको बारा प्रहरीले जनाएको छ ।
घाइतेमध्ये रमेश यादवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । अन्यलाई उद्धार गरि उपचारका लागि कलैया र बीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवत्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताए।
प्रतिक्रिया दिनुहोस्