ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित


एबीसी न्यूज
६ असार २०८३, शनिबार   ९ : २३   बजे


काठमाडौं, ६ असार । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३(० गोलसहित विजयी भएको हो ।

ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले एक गोल गरे । कुन्हाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल उनले २३ औँ मिनेटमा गरे ।

यस्तै, भिन्सियसले खेलको ३६ औँ मिनेटमा गोल गरेका थिए । समूह सीको दोस्रो खेलपछि ब्राजिलले विश्वकप २०२६ को पहिलो जित दर्ता गराएको हो ।
२००२ यताका विश्वकपमासमूह चरणको खेलमा ब्राजिलले तीन गोल गरेको यो पहिलोपटक हो । ५६ वर्षपछि विश्वकपमा सहभागी भएको हाइटी दुवै खेलमा गोलविहीन भएको छ ।

यसअघि ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको थियो । हाइटीले भने समूह चरणका दुवै खेलमा हार व्यहोरेको छ । यसअघि हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो । जितसँगै ब्राजिलले तालिकामा चार अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu