ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु


एबीसी न्यूज
८ असार २०८३, सोमबार   १२ : २५   बजे

काठमाडौं ८ जेठ । इजरायल र लेबनानबीच युद्धविराम सम्झौता लागू भएपनि इजरायली सेनाले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालय र राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार यी श्रृङ्खलाबद्ध आक्रमणमा अन्य कयौँ व्यक्ति घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार दक्षिणी लेबनानको सिडोन जिल्लास्थित कन्नेरिट शहरमा भएको भीषण आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पाँच बालबालिका र पाँच महिला रहेका छन् । यस्तै, दक्षिणी लेबनानका अन्य स्थानमा भएका ड्रोन आक्रमणमा एक सिरियाली नागरिकसहित थप ८ जनाको ज्यान गएको छ ।
लेबनानी स्वास्थ्य मन्त्रालयको सार्वजनिक स्वास्थ्य आपतकालीन परिचालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२४ मार्च २ देखि हालसम्म इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको सङ्ख्या ४ हजार ५७ पुगेको छ । सोही अवधिमा १२ हजार १२१ जना घाइते भएका छन् ।
यो सैन्य गतिविधि शुक्रवार दिउँसोदेखि लागू भएको भनिएको युद्धविराम सम्झौताको प्रतिकूल देखिएको छ । इजरायली सञ्चारमाध्यम च्यानल १२ का अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सेनालाई युद्धविराम गर्न निर्देशन दिएका थिए । यद्यपि, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरू भने अझै छाडेको छैन ।
अमेरिकाको समन्वयमा जारी गरिएको उक्त निर्देशनमा इजरायली सेनाले दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्ने उल्लेख छ । हिजबुल्लाहले युद्धविरामको पालना गरेको खण्डमा मात्र इजरायली सेनाले आफ्ना आक्रामक सैन्य गतिविधि रोक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu