ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ११ : ४१   बजे

काठमाडौं १५ असार । इराकी विदेशमन्त्री फुवाद हुसेन र उहाँका इरानी समकक्षी सैयद अब्बास अराघचीबीच आईतवार बगदादमा भेटवार्ता भएको छ । सो अवसरमा दुई नेताहरूबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाका विविध आयामबारे विस्तृत छलफल भएको छ । इराकी परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, विदेशमन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा निरन्तर समन्वय र परामर्शको आवश्यकतामा जोड दिनुभएको छ । मन्त्री हुसेनले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्न बगदादले आफ्ना कूटनीतिक प्रयासहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भेटका क्रममा इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको एक घनिष्ठ मित्र, छिमेकी र रणनीतिक साझेदारको रूपमा चित्रण गर्नुभयो । उहाँले विभिन्न क्षेत्रमा इराकलाई इरानको पूर्ण समर्थन रहने कुरा दोहो¥याउनुभएको छ । मन्त्री अराघचीले हालै इरान र अमेरिकाबीच भएको शान्ति समझदारीपत्रलाई अन्तिम सम्झौतामा पुग्ने प्रारम्भिक कदमको रूपमा व्याख्या गर्नुभयो । उहाँले व्यापक युद्धविरामको कार्यान्वयन र त्यसले क्षेत्रीय स्थिरता एवं सुरक्षामा पु¥याउन सक्ने सकारात्मक प्रभावबारे इरानको दृष्टिकोण समेत प्रस्तुत गर्नुभएको थियो ।
यद्यपि, शान्ति समझदारी र वार्ता प्रक्रिया जारी रहेकै समयमा गत सप्ताहान्तमा अमेरिका र इरानबीच सैन्य तनाव भने देखिएको छ । हर्मुज जलसन्धिमा व्यापारिक जहाजहरूमाथि अवरोध सिर्जना गरेको आरोप लगाउँदै अमेरिकाले शुक्रवार र शनिबार इरानी लक्ष्यहरूमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले पनि पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu