काठमाडौ, असार १५ गते । रास्वपा सांसद विश्वराज पोखरेलले पार्टीको प्रथम महाधिवेशनले एकताको सन्देश दिएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने पार्टी फुटछ भन्ने झुटा प्रचारलाई प्रथम महाधिवेशनले गलत सावित गरिदियो । महाधिवेशनबाट आएको नव नेतृत्व सक्षम र उर्जावान भएको हुदा देश निर्माणमा इमानदारीताका साथ काम गर्ने उनले बताए । युवाको हातमा देश पुग्नु सुशासन र समृद्धिको बाटोमा जानु रहेको उनको भनाई छ । महाधिवेशनले अझै पार्टीलाई बलियो बनाउनुका साथै सकारात्मक दिशमा उन्मुख भएको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्