ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही हुने


एबीसी न्यूज
१९ असार २०८३, शुक्रबार   ९ : ५५   बजे

काठमाडौं १९ असार । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो।

विभागका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा बर्डफ्लु फैलिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ। हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको छ।

संक्रमित क्षेत्रहरूमा ‘र्‍यापिड रेस्पोन्स टिम’ सक्रिय रहेको र केही जिल्लामा संक्रमण नियन्त्रणतर्फ उन्मुख रहेको विभागले जनाएको छ। मरेका कुखुरा जथाभावी फाल्ने वा संक्रमित पन्छी सुरक्षित रूपमा व्यवस्थापन नगर्दा मानिसमा समेत संक्रमण सर्न सक्ने जोखिम भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार हालसम्म काठमाडौं उपत्यकासहित प्रभावित ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ।

प्रवक्ता डा. उपाध्यायले बर्डफ्लुविरुद्ध प्रभावकारी खोप विकास नभएकाले संक्रमण पुष्टि हुनेबित्तिकै पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको बताउनुभयो।

यसैबीच, प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन तथा मुचुल्का संकलनको काम भइरहेको र प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

पुँजीगत खर्च सुधार्न सरकारको नयाँ रणनीति : मन्त्रालयलाई रकमान्तर अधिकार, नयाँ खरिद ऐन र तीन वर्षको स्रोत सुनिश्चित

धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी

करदाता प्रोत्साहन उपहार कार्यक्रम : पहिलो बम्पर विजेताले पाए १० लाख रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu