काठमाडौ, असार १९ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै नेपालको लागि सान्दर्भिक भएको बताएका छन । एबीसी वाचको कार्यक्रम एबीसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले संसदीय शासन प्रणाली असफल भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै उपयुक्त विकल्प बताएका छन । गौतमले २०१५ सालदेखि कुनै पनि प्रधानमन्त्री र संसदले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेकाले प्रणालीमा परिवर्तन आवश्यक रहेको कार्यक्रममा बताएका हुन ।


















प्रतिक्रिया दिनुहोस्