ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   १२ : ४०   बजे

काठमाडौं २२ असार । फिफा विश्वकपमा केप भर्डेको उत्साहजनक यात्रा अर्जेन्टिनासँगको ३–२ को हारसँगै शुक्रवार टुङ्गिएको छ । मैदानमा टोली पराजित भएपनि यस प्रदर्शनले स्वदेशमा भने नयाँ उत्साह र ऊर्जा सञ्चार गरेको छ । विशेषगरी राजधानी प्राइयामा रहेका बालबालिकाहरूमा राष्ट्रिय टोली ‘ब्लु साक्र्स’ बाट खेल्ने सपना पलाउन थालेको छ । इन्टिग्रेटेड फुटबल डेभलपमेन्ट स्कूलका प्रशिक्षार्थीहरू सुकुपिरा मैदानमा उत्साहका साथ फुटबलको आधारभूत सीप सिक्न व्यस्त देखिन्छन् । नीलो जर्सीमा सजिएका ती युवा खेलाडीहरूले पासिङ ड्रिल र सुटिङ अभ्यास गरिरहँदा अभिभावकहरूले मैदान बाहिरबाट उनीहरूलाई हौसला प्रदान गरिरहेका छन् । इपिआइएफका अध्यक्ष पेड्रो बेटेनकोर्टकाअनुसार विश्वकपमा केप भर्डेको उपस्थितिले फुटबललाई केवल खेलको रूपमा मात्र नभई उज्ज्वल भविष्यको मार्गका रूपमा हेर्ने अभिभावकहरूको सङ्ख्यामा वृद्धि भएको छ । 
‘विश्वकपमा राष्ट्रिय टोलीको पहुँचसँगै फुटबलले आफ्ना बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सक्छ भन्ने विश्वास अभिभावकहरूमा पलाएको छ’ बेटेनकोर्टले भने । उनले थपे, ‘हालका साताहरूमा फुटबल एकेडेमीहरूमा आफ्ना छोराछोरीलाई भर्ना गर्न चाहने अभिभावकहरूको रुचि निकै बढेको छ ।’
युवा खेलाडीहरूले राष्ट्रिय टोलीका सदस्यहरूलाई टाढाका ताराका रूपमा नभई आफ्नै प्रेरणाको स्रोत र उदाहरणका रूपमा हेर्न थालेका छन् । बेटेनकोर्टकाअनुसार बालबालिकाहरू भोजिन्हा, रायन, स्टोपिरा र जोभान काब्राल जस्ता खेलाडीहरू जस्तै बन्न चाहन्छन् । आफ्ना देशका खेलाडीहरूले मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता विश्वचर्चित खेलाडीहरूसँगै एउटै मञ्च साझा गरेको देख्दा उनीहरूमा थप हौसला मिलेको छ ।
इपिआइएफमा प्रशिक्षणरत युवा गोलरक्षक डिओगो सिल्भा कारखबजिय राष्ट्रिय टोलीका गोलरक्षक भोजिन्हाका ठूला प्रशंसक हुन् । उनले भोजिन्हाको हस्ताक्षर भएको बुट समेत सुरक्षित राखेका छन् । ‘भोजिन्हाले स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । म पनि गोलरक्षक भएकाले उनकै पदचाप पछ्याउन चाहन्छु’ डिओगोले बताए ।
अर्का युवा खेलाडी लियामले राष्ट्रिय टोलीका सदस्य टेल्मो आर्काञ्जो जस्तै वा त्योभन्दा पनि राम्रो खेलाडी बन्ने लक्ष्य राखेका छन् । उनी भन्छन्, ‘मलाई गोल गर्न र टोलीका साथीहरूसँग खेल्न असाध्यै मन पर्छ । फुटबलमा भविष्य बनाउन चाहनेले सुरुमा एकेडेमीमा आएर आधारभूत कुराहरू सिक्नु आवश्यक छ ।’
केप भर्डेको यसपटकको विश्वकप यात्राले मैदानमा नतिजा सोचेजस्तो नदिए पनि देशको फुटबलको भविष्यका लागि भने एउटा बलियो जग बसालेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँसहित २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा बहाव बढ्ने

गुल्मीको ‘धुर्कोट ग्रेटवाल’ बन्दै नयाँ पर्यटकीय गन्तव्य

सम्बन्धित

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

बायर्न म्युनिखले जित्यो डीएफएल सुपरकप, डर्टमन्ड २–१ ले पराजित

इन्टर मिलानको विजयी सुरुवात, मोन्जामाथि ४–१ को शानदार जित

रियल मड्रिडको विजयी सुरुवात, इस्पानियोलमाथि २–१ को संघर्षपूर्ण जित

बेलिङघम र एस्पी चम्किँदा रियाल मड्रिडको रोमाञ्चक जित

एनपीएलका लागि चितवन राइनोजमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu