ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   १० : ४३   बजे

काठमाडौं २३ असार । फिफा विश्वकप २०२६ का तीनवटै सह–आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोको उपाधि यात्रा अन्तिम १६ मै टुंगिएको छ। घरेलु समर्थकको साथ र आफ्नै मैदानको फाइदा उठाउने अपेक्षा गरिए पनि तीनै टोली नकआउट चरण पार गर्न असफल भए।

मंगलबार बिहान सम्पन्न अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग ४–१ को फराकिलो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो। समूह चरणमा अष्ट्रेलिया र पाराग्वेलाई पराजित गरेको अमेरिकाले टर्किएसँग हार बेहोरे पनि समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो। त्यसपछि अन्तिम ३२ मा बोस्निया तथा हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा पुगेको अमेरिका बेल्जियमको प्रभावशाली प्रदर्शनअघि निरीह बन्यो।

अर्का सह–आयोजक मेक्सिकोले पनि उत्कृष्ट सुरुआतका बाबजुद अन्तिम १६ पार गर्न सकेन। समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक गणतन्त्रलाई पराजित गर्दै अपराजित रूपमा नकआउट चरणमा पुगेको मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई हराएको थियो। तर अन्तिम १६ मा इंग्ल्यान्डसँग पराजित भएपछि घरेलु मैदानमै उपाधि जित्ने सपना अधुरै रह्यो।

क्यानडाले पनि इतिहास रच्ने अवसर गुमायो। समूह चरणमा एक जित, एक हार र एक बराबरीसहित नकआउट चरणमा पुगेको क्यानडाले अन्तिम ३२ मा दक्षिण अफ्रिकालाई हराउँदै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको थियो। तर अन्तिम १६ मा मोरक्कोसँग पराजित भएपछि क्यानडाको विश्वकप यात्रा पनि समाप्त भयो।

यससँगै पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ मा कुनै पनि आयोजक टोली क्वार्टरफाइनल पुग्न सकेन। घरेलु मैदान, समर्थकको उत्साह र उच्च अपेक्षाका बाबजुद अमेरिका, क्यानडा र मेक्सिकोले अन्तिम १६ को चुनौती पार गर्न नसक्दा विश्वकपमा आयोजक राष्ट्रहरूको अभियान एकै चरणमा समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu