ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०२६ : क्वाटरफाइनल समिकरण पूरा, उपाधि दौडमा बाँकी रहे ८ टोली


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ९ : १८   बजे

काठमाडौं, २४ असार। फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनल चरण सम्पन्न भएसँगै अन्तिम आठ टोलीको टुंगो लागेको छ। स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि क्वाटरफाइनलको पूरा समिकरण बनेको हो।

क्वाटरफाइनलमा युरोपका ६ टोली, दक्षिण अमेरिकाबाट १ र अफ्रिकाबाट १ टोली पुगेका छन्। साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, इंग्ल्यान्ड, बेल्जियम, स्विट्जरल्यान्ड, नर्वे र मोरक्को उपाधि होडमा कायम छन्। यता पाँच पटकको विश्वविजेता ब्राजिल, तीनै आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा तथा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएका छन्।

प्रिक्वाटरफाइनल चरण निकै रोमाञ्चक रह्यो। अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ को ऐतिहासिक पुनरागमन जित निकाल्यो। नर्वेले एर्लिङ हालान्डको दुई गोलको मद्दतमा ब्राजिललाई २–१ ले हराउँदै पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्‍यो। मोरक्कोले क्यानडालाई ३–० ले हराएर लगातार दोस्रो विश्वकपमा अन्तिम आठमा स्थान बनायो भने फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्यो। स्पेनले इन्जुरी समयमा गोल गर्दै पोर्चुगललाई १–० ले हरायो, इंग्ल्यान्डले १० खेलाडीमा सीमित रहँदै मेक्सिकोलाई ३–२ ले पराजित गर्‍यो, बेल्जियमले अमेरिकालाई ४–१ ले हरायो र स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो।

अब उपाधि यात्राका लागि क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीच पुरानो प्रतिस्पर्धाको पुनरावृत्ति हुनेछ। स्पेनले बेल्जियमसँग भिड्नेछ भने पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले इंग्ल्यान्डको चुनौती सामना गर्नेछ। साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग सेमिफाइनल टिकटका लागि प्रतिस्पर्धा गर्नेछ।

यता गोल्डेन बुटको दौड पनि रोचक बनेको छ। लियोनेल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन् भने किलियन एमबाप्पे र एर्लिङ हालान्डले समान ७ गोल गरेका छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित प्रतिस्पर्धामा छन्। विशेषगरी नर्वे–इंग्ल्यान्ड भिडन्तले हालान्ड र केनमध्ये एकको गोल्डेन बुट यात्रा समाप्त हुने निश्चित छ।

क्वाटरफाइनल खेल तालिका

  • फ्रान्स vs मोरक्को – असार २६, बिहान १:४५ बजे (बोस्टन)
  • स्पेन vs बेल्जियम – असार २७, बिहान १२:४५ बजे (लस एन्जलस)
  • नर्वे vs इंग्ल्यान्ड – असार २८, बिहान २:४५ बजे (मायामी)
  • अर्जेन्टिना vs स्विट्जरल्यान्ड – असार २८, बिहान ६:४५ बजे (कान्सास सिटी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

सम्बन्धित

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

गुरुङ सोसाईटी केन्टद्वारा समर भेटघाट तथा बिबिक्यू कार्यक्रम सम्पन्न

प्रतिनिधि सभाको बैठक आज बस्दै

मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

जिल्ला अदालतको व्याख्या : ओली, देउवा र राईलाई जबर्जस्ती अदालतमा झिकाउन नमिल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu