काठमाडौं, २४ असार । सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेडर्कबाट हटाउन निर्देशन दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद राईले बैठकमा ‘सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्छ रु’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि विवाद हुँदा स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएपछि सभामुख अर्यालले सांसद राईले बोल्ने क्रममा प्रयोग गरेका सम्पूर्ण शब्दहरू संसदीय अभिलेख बाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
बैठकमा सांसद राईले कहिलेकाहीँ आवेशमा आएर बोल्दा समस्या हुने गरेको स्वीकार गर्दै संसद्को विधि र थितिलाई सम्मान गर्ने बताए । आफूहरूले लामो समय सदनमा विरोध जनाउँदा पनि सरकार गम्भीर नभएको उनको भनाइ छ ।
उनले प्रतिपक्षले उठाएका मागहरूलाई लगातार बेवास्ता गरिए आन्दोलन जारी रहने भन्दै संवाद र सहमतिका आधारमा अघि बढ्न सुझाव समेत दिए ।







प्रतिक्रिया दिनुहोस्