ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्ससँग बदला लिने दाउमा मोरक्को


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ८ : ०७   बजे

काठमाडौं, २५ असार । विश्वकपमा उपाधि दाबेदारीका लागि अब आठ टोली बाँकी छन्। विश्वकप सुरु हुनुअघिको फिफा वरीयतामा रहेका शीर्ष चार टिम क्वाटरफाइनलमा पुगेका छन्। यसै गरी शीर्ष १० मा रहेका अन्य टिम पनि छन्।यी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक डिडियर डेस्च्याम्पको फ्रान्सेली टोली अर्जेन्टिना र स्पेनलाई पछि पार्दै फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्दैछ।यता, अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २(१ ले पराजित भएपछि मोरक्कोले पाँचौँ स्थानको ब्राजिलसँगको अङ्क दुरी निकै कम गरेको छ।

फिफा वरीयताको छैटौँ स्थानमा उक्लिएको मोरक्को ९एटलास लायन्स० बोस्टन रङ्गशालामा फ्रान्सविरुद्ध अर्को एउटा ऐतिहासिक नतिजा निकाल्ने दाउमा छ।पहिलो क्वाटरफाइनल बिहीबार मध्यराति फ्रान्स र मोरक्कोबिच बोस्टन रङ्गशालामा हुने छ। फ्रान्सले समूह खेलमा प्रभुत्व जमाएको छ। प्रशिक्षक डिडियर डेस्च्याम्पका लागि मोरक्को यस विश्वकपमा पहिलो ठूलो परीक्षाभन्दा हुन्छ। सो खेल पछिल्लो संस्करणको सेमिफाइनलको पुनरावृत्ति पनि हो। कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चारमा समाप्त पारेको थियो। त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहने छ। सो समय मोरक्कोको सो यात्रा आश्चर्यजनक थियो तर अहिले मोरक्कोलाई पनि यस विश्वकपमा हेभिवेट टिमका रूपमा लिइएको छ। मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो।

समूह चरणमा १० गोल गरेपछि फ्रान्सले अन्तिम ३२ मा स्विडेनलाई पनि ३–० ले हराएको थियो। त्यसपछि अन्तिम १६ मा पाराग्वेविरुद्धको सङ्घर्षपूर्ण १(० को जित प्राप्त गर्‍यो। सो खेलमा केलियन एम्बापेले आफ्नो १९ औँ विश्वकप गोल गरे। पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्को पनि सानदार लयमा रहेको छ। पहिलो खेलमै ब्राजिललाई दबाबमा राखेर बराबरीमा खेलेको मोरक्को अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई टाइब्रेकर र त्यसपछि सहआयोजक क्यानाडाको चुनौती ३–० ले समाप्त पारेर अन्तिम आठमा पुगेको हो। त्यसैले फ्रान्सलाई मोरक्कोविरुद्धको खेल सहज भने हुने छैन। मोहम्मद ओहेबीको प्रशिक्षकत्वमा रहेको मोरक्कोले यस प्रतियोगितामा दबाब सहने मात्र होइन बल धेरै जसो आफ्नो खुट्टामा राख्ने तथा गति र सटिकताका साथ विपक्षीको डिफेन्स छिन्नभिन्न पार्न सक्ने क्षमता देखाएको छ। एम्बापे, ओसमान डेम्बेले, माइकल ओलिस र ब्राडली बार्र्कोलाका रूपमा फ्रान्ससँग यस विश्वकपको सबभन्दा खतरनाक अग्रपङ्क्ति रहेको छ। २७ वर्षीय एम्बापे मोरक्कोविरुद्धको खेलमा गोल गरेर गोल्डेन बुटको दाबेदारीलाई बलियो बनाउने प्रयासमा छन्। सात गोल गरेका एम्बापे सर्वाधिक गोलकर्ता लियोनेल मेसीभन्दा एक गोलले मात्र पछाडि छन्। एम्बापेले विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ता मेसीको २१ गोललाई पनि पछ्याउँदै छन्। न्छ । फ्रान्सका लागि डेम्बेलेले पनि चार गोल र दुई असिस्ट गरका छन्। उनले नर्वेविरुद्ध ह्याट्रिक गरे। यसबिच मोरक्कोको सङ्गठित खेल र आफूमाथिको विश्वासले फ्रान्सलाई पनि समस्यामा पार्न सक्छ।

फिफा वरीयतामा छैटौँ स्थानमा रहेको मोरक्कोको टिममा पेरिस सेन्ट जर्मनलाई दुई पटक च्याम्पियन्स लिग जिताउने असरफ हकिमीसँगै रियल म्याड्रिडका मिडफिल्डर ब्राहिम दियाज, रियल म्याड्रिडका गोलरक्षक यासिन बोनोउ, म्यानचेस्टर युनाइटेडका डिफेन्डर नोसर माजरावोई र युसुफ एन नेस्री जस्ता विश्वस्तरीय खेलाडी पनि छन्।

क्वाटरफाइनलमा मोरक्कोको टिम प्रमुख स्ट्राइकर इस्माल साइबारीले खेल्ने सम्भावना निकै कम छ। नेदरल्यान्ड्सलाई हराउँदा नायक बनेका साइबारी तन्दुरुस्त छैनन। फ्रान्स पनि घाइते मिडफिल्डर अउरिलिन चोउमेनीबिना नै मैदानमा उत्रने देखिन्छ।

अहिलेसम्म यी दुई टिमबिच पाँच पटक भिडन्त भएका छन्। जसमध्ये फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दलाई लामा सम्बन्धी कार्यक्रमलाई लिएर झलनाथ खनालको आपत्ति, बालेन नेतृत्वको सरकारमाथि राष्ट्रहितविपरीत निर्णय गरेको आरोप

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

सम्बन्धित

दलाई लामा सम्बन्धी कार्यक्रमलाई लिएर झलनाथ खनालको आपत्ति, बालेन नेतृत्वको सरकारमाथि राष्ट्रहितविपरीत निर्णय गरेको आरोप

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

दलाइ लामाको जन्मदिन कार्यक्रमप्रति पूर्वराजदूतहरूको आपत्ति, ‘एक चीन नीति’ कडाइका साथ पालना गर्न सरकारलाई आग्रह

काठमाडौँ उपत्यकामा ३ दिनसम्म वर्षा जारी रहने देखिन्छ: मौसमविद्

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

ड्रोन आक्रमण रोक्न रुसको नयाँ रणनीति; जामिङ प्रणाली नष्ट गरेपछि पुनः प्रभावकारी बने युक्रेनी ड्रोन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu