ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ८ : ४७   बजे

काठमाडौं, २५ असार । कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम लिएर ‘बालेनको पुलिस होइन’ भनेका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी सोधपुछका लागि जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय सुखडका इन्चार्जसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ को दरखमा लागुऔषधसम्बन्धी सचेतनामुलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे सोधपुछका लागि उनलाई जिल्ला बोलाइएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरे । ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो’, चौधरीले कार्यक्रममा भनेका थिए, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’

चौधरीले आफ्नो भनाइ मन परेमा ताली बजाउनुहोला भनेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरुले ताली बजाएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपति लगाउन नपाउने बताएका उनले २०७० सालमा १३८ जनाबाट छनोट भएर आएको व्यक्ति भएको उल्लेख गरेका छन् ।

‘हामी भोट हालेर टीका लगाएर आएका होइनौँ । दारु भात खाएर आएकै होइन,’ चौधरीले थप भनेका थिए ।

उनले उक्त कार्यक्रममा बोलेको भिडियोमा सार्वजनिक नगर्न पनि अनुरोध गरेको सुनिन्छ । तर, डीएसपीको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी छानबिनको दायरामा परेका हुन् ।

यद्यपि, कैलाली प्रहरीले छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन प्रसंगमा कसरी दिइएको हो रु भन्ने विषयमा समान्य सोधपुछका लागि डीएसपी चौधरीलाई बोलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu