ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको दाबी: संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ५ : ०९   बजे

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट दलहरू बाहिरिने अवस्था आउने आफूलाई वैशाखमै थाहा रहेको दाबी गरेका छन् । बिहीबार ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।‘अहिले सबै राजनीतिक ढिलै भएपनि आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउनुभएको छ ।

यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो,’ सभापति थापाले भने, ‘त्यसैले हामीले वैशाखदेखि नै आफ्नो संविधान संशोधनको छलफल गर्नथाल्यौं– आफ्नैभित्र, अरुसँग । तर, हामीले त्यहाँ प्रतिनिधि पठाएनौं ।’संविधान संशोधनका विषयमा सुरुदेखि नै कांग्रेसले दुई वटा प्रस्ताव राख्दैआएको उनले बताए ।

‘हामीले के भनेका छौँ भने संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश, विज्ञहरू सम्मिलित भएको एउटा समिति बनाएर प्रारम्भ गर्नसक्छौं । वा अहिले हामी संसद्मा छौं, संसद् छ । संसद्भित्रैबाट पनि समिति बनाएर जान सक्दछौं,’ सभापति थापाले भने ।यी दुई वटा विकल्पले मात्रै संविधान संशोधनको गम्भीरतालाई प्रष्ट बनाउने उनले दाबी गरे । प्रक्रियागत रूपमा पनि संविधान संशोधनका प्राथमिकता निर्धारण हुनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताए ।पहिलो चरणमा संविधानले नै १० वर्षमा पुनरावलोकन गर्नुपर्ने कुरा औँल्याएका विषयमा संशोधन हुनुपर्ने उनले बताए ।‘त्यसपछि विश्वासको वातावरण बन्दैजान्छ, अनि मात्रै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता जस्ता विषयमा जहाँ केही संशोधनका आवश्यकताहरू छन् । ती कुरामा प्रवेश गर्ने कुरा उपयुक्त हुन्छ भन्ने कुरा ठान्दछौं,’ उनले भने ।एकैचोटि खोल्दिने हो भने नेपाल अझ ठूलो आगोको भुंग्रोमा पस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu