ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै मानव अधिकार आयोगमा ओलीको निवेदन


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ८ : २०   बजे

काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफूविरुद्ध गरिएको कानुन बनाएर सजाय गर्नु भन्ने सिफारिस संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग उक्त निर्णय सच्याउन माग गरेका छन्।

अध्यक्ष ओलीका तर्फबाट नेता महेश बर्तौलाले बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष निवेदन बुझाएका हुन्। निवेदनमा आयोगको निर्णय नम्बर १७७ को प्रमाणित प्रतिलिपि प्राप्त भएको उल्लेख गर्दै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र तत्कालीन गृहमन्त्री रमेश लेखकले मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै उनीहरूलाई नयाँ कानुन बनाएर कारबाही तथा सजाय गर्न सिफारिस गरेकोमा आपत्ति जनाइएको छ।

ओलीले निवेदनमा मानव अधिकार उल्लंघनका विषयमा हालः प्रचलित कुनै कानुनमा सजायको व्यवस्था नभएको भन्दै नयाँ कानुन बनाएर कारबाही गर्न गरिएको सिफारिस संविधानको धारा २०९४०, संवैधानिक विधिशास्त्रीय अवधारणा र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्।

उनले आयोगले आधार बनाएको सर्वोच्च अदालतको फैसला संविधान जारी हुनुअघि भएको र त्यसपछि संविधान तथा मुलुकी अपराध संहितामार्फत पश्चातदर्शी फौजदारी कानुन नबनाइने सिद्धान्त स्पष्ट रूपमा स्थापित भइसकेको उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय कानुनले अपराध मानेका विषयसमेत मुलुकी अपराध संहितामा समेटिसकिएकाले अहिले त्यस्ता कसुरका लागि कानुनी रिक्तता नरहेको उनको जिकिर छ।

निवेदनमा आयोगकै निर्णयको तथ्यगत निष्कर्ष र सिफारिस एक(आपसमा बाझिएको दाबी पनि गरिएको छ। आयोगले आफू तथा मन्त्रिपरिषद्का सदस्यहरूले तत्काल प्रचलित कुनै कानुन उल्लंघन नगरेको उल्लेख गरे पनि त्यसै आधारमा पश्चातदर्शी कानुन बनाएर कारबाही गर्न सिफारिस गर्नु संविधानविपरीत भएको ओलीको भनाइ छ।

ओलीले संविधानको धारा २०९४० ले कसुर गर्दाको समयमा कानुनमा अपराध नठहरिएको कामका लागि पछि कानुन बनाएर सजाय गर्न नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै आयोगको सिफारिस कार्यान्वयनयोग्य नरहेको बताएका छन्।

त्यस्तै अध्यक्ष ओलीले आफूले जेनजी आन्दोलनका क्रममा कुनै पनि व्यक्तिमाथि बल प्रयोग गर्न निर्देशन नदिएको दाबी गर्दै प्रदर्शनअघि नै सुरक्षा निकायलाई मानवीय तथा भौतिक क्षति हुन नदिन निर्देशन दिएको लिखित जवाफ आयोगलाई बुझाएको भए पनि त्यसलाई निर्णय गर्दा बेवास्ता गरिएको आरोप पनि निवेदनमा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu