ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा नियमावलीका दुई विवादित व्यवस्था खारेजीको माग गर्दै कांग्रेस सर्वोच्चमा


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ९ : ०२   बजे

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का दुई विवादित प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै तिनलाई खारेज गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

कांग्रेसका प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राईसहितका सांसदहरूले नियमावलीको नियम १४० (११) र नियम २५९ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। कांग्रेसले गत जेठ १७ गते विपक्षी दलहरूको तीव्र विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले नियमावली पारित गरेको प्रक्रिया र त्यसका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत रहेको जिकिर गरेको छ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार बिहीबार रजिष्ट्रारहरू अन्य कार्यक्रममा व्यस्त रहेकाले निवेदन अध्ययनकै क्रममा रहेको छ।

रिटमा कांग्रेसले संविधान संशोधनसम्बन्धी विधेयक पारित गर्दा सभामुखले प्रतिनिधिसभा र राष्ट्रियसभाको मत संयुक्त रूपमा गणना गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन सक्ने व्यवस्था गरिएको नियम १४० (११) संविधानको धारा २७४ विपरीत रहेको दाबी गरेको छ। संविधानले संघीय संसदका दुवै सदनबाट संविधान संशोधन विधेयक छुट्टाछुट्टै दुईतिहाइ बहुमतले पारित हुनुपर्ने स्पष्ट व्यवस्था गरेकाले नियमावलीमार्फत त्यसलाई परिवर्तन गर्न नमिल्ने कांग्रेसको तर्क छ।

कांग्रेसले उक्त प्रावधानले राष्ट्रियसभाको संवैधानिक भूमिकालाई कमजोर बनाउने र संविधान संशोधनको स्थापित प्रक्रियालाई नै प्रभावित गर्ने उल्लेख गरेको छ। रिटमा प्रतिनिधिसभा नियमावलीले अप्रत्यक्ष रूपमा संविधान संशोधन गर्ने प्रयास गरेको भन्दै नियम १४० (११) लाई असंवैधानिक घोषणा गरी बदर गर्न माग गरिएको छ।

यस्तै, कांग्रेसले सांसदलाई विशेषाधिकार प्रदान गर्ने नियम २५९ पनि कानुनी शासनको सिद्धान्तविपरीत रहेको जिकिर गर्दै उक्त व्यवस्था खारेज गर्न माग गरेको छ। कांग्रेसको भनाइमा सांसदहरूले कुनै अपराध गरेमा अन्य नागरिकसरह कानुनी प्रक्रियामा आउनुपर्ने भएकाले विशेष संरक्षण दिने व्यवस्था संविधान र विधिको शासनसँग मेल नखाने उल्लेख गरिएको छ।

यसअघि प्रतिनिधिसभामा नियमावली पारित हुने क्रममा कांग्रेस, एमाले र नेकपाले विरोध जनाएका थिए। यद्यपि सर्वोच्च अदालतमा भने हालसम्म कांग्रेसले मात्र रिट दायर गरेको छ। अब सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको दाबी: संविधान संशोधन कार्यदलबाट दलहरू बाहिरिनुपर्छ भन्ने पहिल्यै थाहा थियो

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

सम्बन्धित

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल र पोखरेललाई

जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै मानव अधिकार आयोगमा ओलीको निवेदन

काठमाडौँ उपत्यकामा ३ दिनसम्म वर्षा जारी रहने देखिन्छ: मौसमविद्

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

विष्णु पौडेलको चौथो पटक म्याद थपियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu