ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसराइली गुप्तचरको दाबी– इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ


एबीसी न्यूज
२६ असार २०८३, शुक्रबार   ८ : ४१   बजे

काठमाडौं, २६ असार । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको सार्वजनिक भएको छ।इरानले ट्रम्पलाई लक्ष्य गर्ने योजना बनाएको खुफिया सूचना इसराइलले वासिङ्टनलाई दिएको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको हो।

वाल स्ट्रिटको खबर सही निस्किए वासिङ्टन-तेहरानबीच जारी तनाव अझै चर्किने सम्भावना छ।यो सूचना इसराइलले हालसालै अमेरिकालाई उपलब्ध गराएको भनेर पनि वाल स्ट्रिट जर्नलले लेखेको छ। यसबारेमा इसराइली दूतावास र संयुक्त राष्ट्रसंघ स्थित इरानी नियोगले भने तत्काल प्रतिक्रिया दिएको छैन। राष्ट्रपति ट्रम्प आफैले पनि टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँगको कुराकानीमा पनि ट्रम्पले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए।उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको हरेक सूचीमा छु। आज बिहान पनि त्यही देखें। अहिलेसम्म म केही भाग्यमानी भएको हुन सक्छु, तर त्यो भाग्य कति समय टिक्छ भन्न सकिँदैन। राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि खुफिया सूचनाबारे ट्रम्पको भनाइ नै आधिकारिक रहेको बताएको छ।

इरानले सन् २०२० मा अमेरिकी आदेशमा मारिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी०का शीर्ष कमान्डर कासिम सुलेमानीको हत्याको बदला ट्रम्पसँग लिने चेतावनी वर्षौंदेखि सार्वजनिक रूपमा दिँदै आएको छ।

फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित उच्च अधिकारीहरूको हत्या गरेको थियो।

खामेनीको अन्त्येष्टिमा सहभागी केही समर्थकहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ुहामी ट्रम्पलाई मार्नेछौँु लेखिएको ब्यानरसमेत प्रदर्शन गरेका थिए।

टर्कीबाट फर्कने क्रममा पनि ट्रम्पले सुरक्षा सतर्कता अपनाएका थिए। उनले कतारले उपहार दिएको बोइङ ७४७(८ को सट्टा पुरानो ुएयर फोर्स वानु विमान प्रयोग गरेका थिए।

ट्रम्पको सुरक्षाको जिम्मा लिएको सिक्रेट सर्भिसको आग्रहमा टर्कीबाट फर्किने क्रममा यसो गरिएको भनेर त्यसबारे जानकार अधिकारीहरूको हवाला दिंदै द न्यूयोर्क टाइम्सले जनाएको छ।

टर्कीबाट प्रस्थान गर्दा राष्ट्रपतिको विमान परिवर्तन गर्नु कुनै निश्चित खतराको कारण नभई सिक्रेट सर्भिसको सल्लाहमा गरिएको एक सतर्कताको उपाय मात्र भएको उनीहरूले जनाएका छन्।

विगतमा कतारी राजपरिवारले प्रयोग गरेको विमानको विलासी सुविधाहरू देखेर दंग परेका ट्रम्पले नेटो शिखर सम्मेलनका लागि टर्की जान सोमबार राति सोही विमानको प्रयोग गरेका थिए।

उनी टर्की पुगेपछि इरानसँगको द्वन्द्व फेरि चर्कियो र अमेरिकाले इरानविरुद्ध शृङ्खलाबद्ध आक्रमणहरू गर्‍यो। त्यसैले इरानले सो नयाँ विमानमा हमला गर्नसक्ने खतराका कारण विमानको अदलाबदली गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि भारत लान रोकियो

बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना

सम्बन्धित

गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि भारत लान रोकियो

केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

फ्रान्सको सहज जित, एमबाप्पे र डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश

विश्वकप क्वार्टरफाइनल : मोरक्कोको रक्षात्मक खेलले फ्रान्स रोक्यो, एमबाप्पेको पेनाल्टी बचाउँदै बोनो बने पहिलो हाफका नायक

विश्वकपमा फेरि आमनेसामने फ्रान्स र मोरक्को : इतिहास के भन्छ ?

पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयास: सरकारले बेहोर्ने भयो सम्पूर्ण उपचार खर्च, विशिष्टीकृत उपचारका लागि दिल्ली लगिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu