ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास


एबीसी न्यूज
२६ असार २०८३, शुक्रबार   ७ : १४   बजे

काठमाडौं, २६ असार । मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर संसदमा चर्को बहस भइरहँदा गृहमन्त्री सुधन गुरुङले स्थानीय सरकारमाथि दोष थोपर्दै आफ्नो बचाउ गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यो घटनालाई लिएर विरोध गर्ने विपक्षी सांसदहरूमाथि आक्रोश पोखे । उनले संसद्‌मा विपक्षीहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने चेतावनी दिँदै घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरू हिजो अस्पताल जानुभयो रु भनी प्रश्न गरे ।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले देशमा तीन तहको सरकार सञ्चालनमा रहेको बताउँदै आत्मदाहको घटना भएको ठाउँमा नेपाल प्रहरी वा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको दाबी गरे । कुनै पनि भिडियोमा ट्राफिकले ह्वील लक लगाएको नदेखिएको प्रष्टीकरण दिँदै उनले स्थानीय सरकारले गरेको गल्तीको दोष पनि संघीय सरकारले नै बोक्नुपर्ने भनी असन्तुष्टि व्यक्त गरे । विपक्षी दलहरूतर्फ लक्षित गर्दै उनले दुई तहको सरकार उनीहरूसँगै रहेको र अहिलेको नियम कानुन पनि उनीहरूले नै बनाएको उल्लेख गर्दै विपक्षीले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरिरहेको जिकिर गरे ।

विपक्षीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका गृहमन्त्री गुरुङले संसदमा आफूले धेरै कुरा सहेको र अब सहने सीमा नाघिसकेको बताए । सदनलाई मर्यादित दृष्टिकोणबाट हेरिनुपर्ने र बोल्दा मर्यादा राखिनुपर्नेमा जोड दिँदै उनले अहिलेको अवस्था देख्दा गाह्रो महसुस हुने गरेको उल्लेख गरे । देश राम्रो होला भनेर आफूहरू जस्ता युवाहरू एउटा आशा बोकेर लडेको स्मरण गर्दै उनले ५०औँ वर्ष राज गरेका अनुभवी राजनीतिज्ञहरू र पुराना दलको गल्तीबाट सिक्नुपर्नेमा अहिले यस्तो हिलो छ्यापाछ्यापको राजनीति देख्नुपरेको भन्दै दुखेसो गरे ।

आफूलाई राम्रोसँग बोल्न नआए पनि काम गर्न र देशलाई जोगाउन राम्रोसँग आउने दाबी गर्दै गृहमन्त्री गुरुङले सरकारले कुनै दल वा पार्टी भनेर भेदभाव नगरेको स्पष्ट पारे। आत्मदाह गरेका गणेश नेपालीको उपचारका सन्दर्भमा सरकार गम्भीर रहेको भन्दै उनले नेपालीलाई उपचारका लागि भारत लैजान सबै तयारी पूरा गरिएको जानकारी दिए । तर, चिकित्सकहरूले बिरामीको अवस्थालाई स्थिर राख्नुपर्ने सुझाव दिएका कारण डाक्टरहरूकै सल्लाहअनुसार उनलाई भारत नलगेको गृहमन्त्री गुरुङले संसद्‌मा प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

गणेश नेपालीको मृत्युलाई लिएर एमालेको सरकारमाथि तीव्र आक्रमण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

सम्बन्धित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

प्रेम आचार्यदेखि गणेश नेपालीसम्म : बदलियो सत्ता, बदलियो संवेदना ?

गणेश नेपालीको मृत्युलाई लिएर एमालेको सरकारमाथि तीव्र आक्रमण, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu