ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि


एबीसी न्यूज
२७ असार २०८३, शनिबार   ७ : २५   बजे

रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनतर्फ उत्साहजनक प्रगति भएको छ। चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहल तथा चौरजहारी नगरपालिकाको समन्वयमा वडा नं. ३ को दमार क्षेत्रमा गरिएको डिप बोरिङ परीक्षण सफल भएको छ।

परीक्षणका क्रममा जमिनको करिब ४८ मिटर गहिराइबाट पर्याप्त मात्रामा स्वच्छ भूमिगत पानी फेला परेको संस्थाले जनाएको छ। लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका चौरजहारीवासीका लागि यो उपलब्धिले दीर्घकालीन समाधानको आधार तयार गरेको विश्वास गरिएको छ। डिप बोरिङबाट प्राप्त पानीको गुणस्तर तथा परिमाणसम्बन्धी थप प्राविधिक परीक्षणपछि नियमित वितरणको प्रक्रिया अगाडि बढाइने जनाइएको छ। परीक्षण सफल भएसँगै आवश्यक पूर्वाधार निर्माण र वितरण प्रणाली विस्तारको तयारीसमेत सुरु गरिएको छ।

चौरजहारी क्षेत्रमा वर्षौंदेखि सुख्खायाममा खानेपानीको समस्या दोहोरिँदै आएको छ। स्थानीय स्रोतहरू सुक्दै जाँदा नागरिकले टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो। नयाँ भूमिगत पानीको स्रोत फेला परेसँगै यस समस्याको स्थायी समाधान हुने अपेक्षा स्थानीयवासीले गरेका छन्। नगरपालिका र उपभोक्ता संस्थाले परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाउने जनाउँदै सुरक्षित, स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन्। स्थानीयवासीले पनि परीक्षण सफल भएकोमा खुसी व्यक्त गर्दै योजना छिटो सम्पन्न गरी घरघरमा खानेपानी पुर्‍याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu