ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, ‘विपक्षीको नाडी छाम्ने काम नगरियोस्’


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   ३ : ३१   बजे

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको संसदीय भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएको छ। कांग्रेसले सभामुखले विपक्षी दलहरूको धारणा बुझ्ने नाममा “नाडी छाम्ने” प्रयास नगर्न चेतावनी दिँदै संसद् सञ्चालनमा सबै दलप्रति समान व्यवहार गर्न आग्रह गरेको छ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख कुनै राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण संसद्को साझा अभिभावक भएकाले आफ्नो भूमिकाको संवैधानिक मर्यादा र निष्पक्षता कायम राख्नुपर्ने बताए।

उनले संसद्मा विपक्षी दलहरूले कुनै विषयमा विरोध जनाउँदा सबै दलका प्रतिनिधिलाई आफ्नो धारणा राख्ने अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए। सभामुखको चाहना अनुसार विपक्षीको तर्फबाट एक जनाले मात्र धारणा राख्ने अभ्यास उचित नभएको उनको भनाइ थियो।

आङ्देम्बेले प्रतिपक्षले सत्तापक्षबाट आउने विवादित अभिव्यक्तिका बाबजुद पनि संसद्को दैनिक कार्यसूची सञ्चालनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा व्याख्या नगर्न चेतावनी दिए। उनले प्रतिपक्षको सहयोग मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको भन्दै त्यसलाई सकारात्मक रूपमा लिन आग्रह गरे।

कांग्रेसका अनुसार संसद्मा देखिएको अवरोधको मुख्य कारण सत्तापक्षले विपक्षीसँग आवश्यक समन्वय नगर्नु हो। उनले संवाद र सहकार्यको अभावले संसद्को प्रभावकारी सञ्चालनमा समस्या उत्पन्न भइरहेको बताए।

कांग्रेसको यो अभिव्यक्तिसँगै सभामुखको भूमिका, संसद्को निष्पक्ष सञ्चालन तथा सत्ता–प्रतिपक्षबीचको समन्वयको विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu