ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गम गाउँमा सेनाले विद्यालय बनाईदिए,स्थानियको यस्तो प्रतिक्रिया..


admin
२८ चैत्र २०७४, बुधबार   ५ : ०२   बजे

 

जुम्ला, २८ चैत । जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।

बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ ।

तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम गाउँका बासिन्दा निकै चपेटामा परे । तिनै पीडित गाउँ मध्यको तातोपानी–४ हाँकु जुम्लाको गिडीखोला पनि एक हो ।

आज त्यही गाउँमा २०४९ सालमा स्थापना भई जीर्ण अवस्थामा रहेको गणेश आधारभूत विद्यालय गिडिचौरको दुईकोठे भवन २४ नं कर्णाली वाहिनीअन्तर्गत भगवती दल गण जुम्लामा कार्यरत नेपाली सेनाले आफ्नै श्रमशक्तिमा बनाई दिएपछि त्यस समुदायका स्थानीय नागरिक भने दंग परेका छन् ।

“द्वन्द्वपछि गाउँमा पहिलो पटक हरियो सेता पाटा गरेको पोशाक लगाएको सेना आउँदा केही गर्ने हो कि भन्ने डर लागेको थियो, तर त्यो त शिक्षाको ज्योति खोल्ने विद्यालय बनाई दिन पो आएको रहेछ,” स्थानीयवासी कमला जैसीले भन्नुभयो ।

माघ पहिलो हप्ताको अन्तिम दिनबाट १८ जना नेपाली सेनाले गिडिचौर विद्यालयमै टुकुडी स्थापना गरी ६० दिन बसेर सो विद्यालयको दुईकोठे भवन निर्माण गरेको थियो ।

भगवती दल गणमा कार्यरत नेपाली सेनाको श्रमशक्ति र नगद रु. दुई लाख ५० हजार तथा तातोपानी गाउँपालिकाको रु तीन लाखमा भवन निर्माण भएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो ।

सो विद्यालयको नवनिर्मित भवन यही चैत २५ गते तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र निमित्त गणपति पवन थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा अध्यक्ष न्यौपानेले आफ्नै श्रमशक्ति र केही नगद दिएर ग्रामीण शिक्षा विकासमा सहयोग पु-याउने नेपाली सेनाको उच्च प्रशंसा गर्नुभयो ।

“सेनाको हातले निर्माण गर्दा यो विद्यालय करीब रु आठ लाखमा सम्पन्न भएको छ तर यही काम उपभोक्तामा जाँदा रु १६ लाखभन्दा बढी नाघ्थ्यो होला,” उहाँले भन्नुभयो ।

सेना यही देशको बर्दी लगाएको नागरिक हो भन्दै उहाँले स्थानीय समुदायलाई उनीहरुको कामबाट पाठ सिकेर सभ्य समाज निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।

भगवती दल गण जुम्लाका निमित्त गणपति थापाले समाज विकासको पहिलो आवश्यकता शिक्षा भएकाले दुर्गमको विद्यालयलाई प्राथमिकतामा राखेर भवन निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालय निर्माण मात्र नभई स्थानीय नागरिक र सेनाबीच नजिकको सम्बन्ध निर्माण गर्नु छ, विगतको छाप मेटाउनु छ र सेना हाम्रै भाई छोरा हो भन्ने बुझाउनु छ ।”

निर्मित उक्त भवन भूकम्प प्रतिरोधात्मक भएको जनाएको छ ।

मुलुकको नेतृत्व गर्ने जनशक्ति तयार गर्ने शिक्षक महान् व्यक्ति भएको टिप्पणी गर्दै निमित्त गणपति थापाले पछिल्लो समयमा समाजमा देखिएका केही शैक्षिक विकृति शल्यक्रिया शिक्षक स्वयम्ले गर्नुपर्ने आँैल्याउनुभयो ।

जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीले नेपाली सेनाले शिक्षा क्षेत्रमा पु-याएको योगदानलाई समुदायका नागरिकले आफ्नो सम्पत्तिका रुपमा संरक्षणका साथै संस्थागत विकास गर्न सुझाव दिनुभयो ।

उहाँले बजेटको भरमा मात्र काम हुन्छ भन्ने समाजका भ्रष्ट प्रवृत्तिका मान्छेलाई सेनाको यो उदाहरणीय कामले सानो बजेटमा पनि इमान्दार र लगनशील मान्छेको समूहबाट ठूलो काम हुँदो रहेछ भन्ने सन्देश प्राप्त भएको बताउनुभयो ।

शिरमा प्रसिद्ध पर्यटकीय ताल गिडिदहको फेदमा रहेको गिडिखोला गाउँमा १५० घरधुरी रहेका छन् भने उक्त विद्यालयमा ८७ जना बालबालिका अध्ययनरत् छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group