ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लगानीकर्ता निर्देशिका २०२६’ ले आकर्षित होला त वैदेशिक लगानी ?


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ११ : १५   बजे

काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्ताका लागि लगानी प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाउँदै ‘वैदेशिक लगानी प्रवृत्ति र लगानीकर्ता निर्देशिका–२०२६’ सार्वजनिक गरेको छ। तर, व्यवसायिक गतिविधिमा अझै २० भन्दा बढी कानुनमा कैद सजायको व्यवस्था कायम रहेकाले लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ।

नयाँ निर्देशिकाअनुसार विदेशी लगानीकर्ताले उद्योग व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मार्फत पाँच चरणमै लगानी स्वीकृति प्रक्रिया पूरा गर्न सक्नेछन्। आवेदन दर्तादेखि आवश्यक कागजात अपलोड र स्वीकृतिसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुनेछ। स्वचालित मार्गबाट हुने लगानीमा प्रणालीले तत्काल प्रमाणपत्र जारी गर्ने व्यवस्था पनि गरिएको छ।

निर्देशिकाले उद्योग विभागको एकल विन्दु सेवा केन्द्रलाई थप प्रभावकारी बनाएको छ। यस केन्द्रमा नेपाल राष्ट्र बैंक, अध्यागमन, भन्सार, आन्तरिक राजस्वसहित १४ सरकारी निकायका प्रतिनिधि रहने भएकाले लगानीकर्ताले विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

सेवा प्रवाहका लागि निश्चित समयसीमा पनि तोकिएको छ। नयाँ वैदेशिक लगानी स्वीकृति, प्रविधि हस्तान्तरण सम्झौता र नाफा फिर्ता सिफारिस सात दिनभित्र, व्यावसायिक भिसा सिफारिस दुई दिनभित्र तथा नेपाल राष्ट्र बैंकबाट लगानी भित्र्याउने स्वीकृति १५ दिनभित्र दिने व्यवस्था गरिएको छ।

निर्देशिकाले लघु तथा घरेलु उद्योग, घरजग्गा कारोबार (निर्माण बाहेक), कुरियर सेवा, ट्राभल एजेन्सी तथा ७५ प्रतिशतभन्दा कम निर्यात गर्ने दुग्ध उद्योगलगायत केही क्षेत्रमा भने वैदेशिक लगानी निषेध गरेको छ।

यता, व्यवसायीहरूले भने कानुनी संरचनाकै कारण लगानी वातावरण प्रभावित भएको बताएका छन्। उपभोक्ता संरक्षण ऐन, भन्सार ऐन, राजस्व चुहावट ऐन, कालोबजार ऐनलगायत २० भन्दा बढी कानुनमा सामान्य व्यावसायिक त्रुटिमै पनि कैद सजायको व्यवस्था रहेको उनीहरूको गुनासो छ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्ययनअनुसार केही प्रशासनिक त्रुटिमा समेत फौजदारी अभियोग लाग्ने प्रावधानले स्वदेशी तथा विदेशी दुवै लगानीकर्तामा त्रास सिर्जना गरेको छ। प्रतिष्ठित व्यवसायीको गिरफ्तारी र मिडिया ट्रायलले समेत लगानीको वातावरण कमजोर बनाएको निजी क्षेत्रको भनाइ छ।

तथ्यांकले पनि वैदेशिक लगानी घट्दो क्रममा रहेको देखाउँछ। उद्योग विभागका अनुसार सन् २०१९ मा १८५ मिलियन अमेरिकी डलर रहेको प्रत्यक्ष वैदेशिक लगानी सन् २०२४ मा घटेर ५७ मिलियन डलरमा सीमित भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सिंह सैंजुले कानुन संशोधन भए पनि अझै नियन्त्रणमुखी सोच कायमै रहेको बताए। उनका अनुसार व्यावसायिक त्रुटि र आपराधिक मनसायबीच स्पष्ट भिन्नता गरी सामान्य व्यावसायिक गल्तीलाई फौजदारी अपराधबाट अलग गर्न, जेल सजायको सट्टा समानुपातिक जरिबानाको व्यवस्था गर्न तथा कानुनी सुधारलाई तीव्रता दिन सके मात्रै नेपालमा लगानीको वातावरण उल्लेख्य रूपमा सुधार हुन सक्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको आतंकमा १,६४३ विद्यार्थीको विद्यालय : कति सुरक्षित, कति सम्पर्कविहीन ?

पत्रकार निराजन पौडेलको परिवारमाथि बाढीको बज्रपात : बुवा–आमासहित पाँचजना बेत्रावतीबाट सम्पर्कविहीन

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu