ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चामल र खानेतेलको मूल्य आकासियो, उपभोक्ताको भान्सा महँगियोमहँगियो चामल र तेल


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ६ : ४५   बजे
काठमाडौँ  — उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेपछि उपभोक्ताको भान्सा महँगिएको छ । व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमा प्रतिकेजी २० रुपियाँ र प्रतिबोरा ३५० देखि ४०० रुपियाँसम्म मूल्यवृद्धि भएको हो ।
चामलको मूल्य कति बढ्यो ?
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो तीन महिनामा स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपियाँबाट एक सय रुपियाँ र त्रिशूलीको पोखरेली चामल प्रतिकेजी ९५ रुपियाँबाट १२० रुपियाँ पुगेको छ । त्यस्तै लङ्ग्रेन बासमती चामल प्रतिकेजी १७५ रुपियाँबाट बढेर १९० रुपियाँ भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार २५ केजीको जिरा मसिनो चामल तीन महिनाअघि एक हजार आठ सय रुपियाँमा बिक्री हुँदै आएकोमा अहिले दुई हजार ३३० रुपियाँ पुगेको छ । सोना मन्सुली चामल प्रतिबोरा एक हजार ३५० बाट बढेर एक हजार ७५० रुपियाँ र बासमती (लङ्ग्रेन) २० केजीको मूल्य तीन हजार पाँच सय रुपियाँ पुगेको छ ।
नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अनुसार नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजार, विशेष गरी भारतको नीतिको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो । भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी प्रतिकूलताका कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएकाले मूल्यमा यसको असर देखिएको सङ्घले जनाएको छ ।
चामल उद्योगी विभोर अग्रवालका अनुसार भारतले बङ्गलादेशका लागि चामल निर्यातको कोटा खोलेका कारण माग बढ्न गई मूल्यमा थप चाप परेको हो । बङ्गलादेशले आफ्नो आन्तरिक खाद्य भण्डारण बढाउन र मूल्य नियन्त्रण गर्न भारतबाट नौ लाख मेट्रिक टन चामल आयात गर्ने योजना बनाएको छ, जसको असर आपूर्ति शृङ्खलामा देखिएको छ ।
भारततर्फ निर्यात बढेपछि आकासिएको खानेतेलको मूल्य अहिले अझै बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार असार १ गते प्रतिलिटर ३५० रुपियाँ रहेको काँचो तोरीको मूल्य साउन १ गतेदेखि बढेर प्रतिलिटर ३८० रुपियाँ र भुटेको तोरीको तेल प्रतिलिटर ४३० रुपियाँबाट बढेर ४६० रुपियाँ पुगेको छ । भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २९० रुपियाँसम्म पुगेको छ ।
उपभोक्तामा मन्दी
सङ्घका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो महिनामा चामलको भाउ अस्वाभाविक रूपमा थोकमै बढेको बताउनुभयो । उहाँका अनुसार अहिले चामलको भाउ बढाउनुपर्ने अवस्था नभए पनि जेठको सुरुदेखि नै भाउ बढेको हो । उहाँले बजारमा मन्दी छाएको र उपभोक्ताले अत्यावश्यकबाहेकका सामान किन्न छाडेको अनुभव सुनाउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका बिक्रीवितरण प्रबन्धक प्रमुख प्रज्वल प्रधानले पछिल्ला दुई/तीन महिनायता जिरा मसिनो र बासमती चामलको मूल्य महँगो हुँदै गएको बताउनुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

हरवा–चरवाको अधिकार माग्दै मधेस भवन अगाडि एक सातादेखि धर्ना

भोटेकोसी बाढीपीडितलाई उद्धारपछि पनि भविष्यको चिन्ता

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu