सुर्खेत २९ चैत। उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको अहिलेसम्म २१८ वटा मुद्दा फछ्र्यौट गरेको छ ।
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दासहित अदालतमा परेका २४९ मुद्दामध्ये चैतको २७ गतेसम्म २१८ मुद्दा पछ्र्यौट गरेकोे हो । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दामा ७४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालतका रजिष्टार उपेन्द्रबाबु थपलियाले जानकारी दिनभयो ।
रजिष्टार थपलियाका अनुसार फछ्र्यौट भएका मुद्दामा दुनियावादी मुद्दा २४, सरकारवादी फौज्दारी १४९, सरकारवादी देवानीसम्बन्धी ३२, साधक छ र रिटसम्बन्धी मुद्दा सात वटा रहेका छन् । अब एक वर्षभित्रको १२७ र एक वर्षदेखि १८ महिनासम्मको चार वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका छन् ।
चालु आर्थिक वर्षमा वाणिज्य इजलास तर्फका दुई वटा मुद्दा परेको र ती दुबै फछ्र्यौट भइसकेको रजिष्टार थपलियाले जानकारी दिनुभयो ।
उच्च अदालतले छिटोछरितो रुपमा न्याय सम्पादन गर्ने गरेकोे उल्लेख गर्दै उहाँले अदालतले आफ्नो काम कारवाहीलाई छिटो, छरितो र सहज बनाउनका लागि समुदाय र सेवाग्राहीसँग पनि छलफल गर्ने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्