ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ११ : ५५   बजे

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य हमला टार्ने निर्णय गरेपछि कच्चा तेलको मूल्यमा सोमबार ४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

अर्कोतर्फ, सुरक्षित लगानी (सेफ हेभन) को माग बढेका कारण सुन लगायत अन्य बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको छ।

ब्रेन्ट क्रुड ४.०८ डलर अर्थात् ४.६४ प्रतिशतले घटेर प्रति ब्यारेल ८३.८५ डलरमा झरेको छ ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड ४.०१ डलर अर्थात् ४.७४ प्रतिशतको गिरावटसँगै प्रति ब्यारेल ८०.६६ डलरमा कारोबार भएको देखिएको छ ।

यसैगरी, सुनको मूल्यमा मजबुती देखिएको छ । ट्रम्पको निर्णयले मुद्रास्फीति (महँगी) र ब्याजदर सम्बन्धी चिन्ताहरू केही कम गराएपछि लगानीकर्ताहरूको आकर्षण सुरक्षित लगानीतर्फ बढेको हो ।

स्पट गोल्ड ०.७ प्रतिशतको बढोत्तरीका साथ प्रति औन्स ४,०६७.०६ डलर पुगेको छ भने अमेरिकी गोल्ड फ्युचर्स ०.९ प्रतिशतले बढेर प्रति औन्स ४,०६५.६० डलरमा कारोबार भएको छ ।

आइतबार मात्रै डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमणलाई तत्कालका लागि थाती राख्दै इरानको परमाणु कार्यक्रममा छिट्टै सम्झौता गर्ने र होर्मुज स्ट्रेट पुनः खोल्ने सम्भावना व्यक्त गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu