काठमाडौं । सुनकोसी नदीमा खसेको कारसहितका व्यक्ति खोज्न गोताखोर टोली परिचालन गरिएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरबाट सोमबार सुनकोसी नदीमा कार खसेको थियो ।
दुर्घटनापछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको छ ।
खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको थियो ।
बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।
कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एकजना बेपत्ता छन् ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्