ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बजारमा चिनियाँ ईभी आक्रामक, जुलाईमा कसले कति बिक्री गरे ?


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ६ : ०५   बजे

काठमाडौं । जुलाई २०२६ मा प्रमुख सवारी उत्पादक कम्पनीहरूको बिक्री विवरण सार्वजनिक भएको छ । नयाँ ऊर्जा सवारी (एनईभी) बिक्रीतर्फ बीवाइडी चार लाख ११ हजार ७२ वटा यात्रुवाहक सवारी बिक्री गर्दै शीर्ष स्थानमा रहेको छ । त्यसपछि सेइक र जिली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले भने पहिलोपटक एक महिनामै एक लाखभन्दा बढी सवारी बिक्री गर्दै नयाँ उपलब्धि हासिल गरेको छ । कम्पनीले जुलाईमा एक लाख एक हजार २६७ वटा सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो ।

लिपमोटरको यो बिक्रीले चीनका प्रमुख अटो निर्माता चांगानको नयाँ ऊर्जा सवारी बिक्रीलाई समेत उछिनेको छ । जुलाईमा चांगानले ९६ हजार ५०० वटा एनईभी बिक्री गरेको थियो । लिपमोटरको बिक्री जिली समूहअन्तर्गतको लोकप्रिय ब्रान्ड जिली ग्यालेक्सीको निकै नजिक पुगेको छ । जुलाईमा जिली ग्यालेक्सीले एक लाख सात हजार ७९७ वटा सवारी बिक्री गरेको थियो ।

मार्चको अन्त्यमा सार्वजनिक गरिएको लिपमोटर ए१० (अन्तर्राष्ट्रिय बजारमा बी०३एक्स) मोडलको जुलाईमा मात्रै २८ हजार ५९३ वटा सवारी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यो कम्पनीको कुल मासिक बिक्रीको करिब ३० प्रतिशत हो ।

बीवाइडीले जुलाईमा चार लाख ११ हजार ७२ वटा सवारी बिक्री गर्दै लगातार तेस्रो महिना वार्षिक आधारमा वृद्धि कायम राखेको छ । कम्पनीको वैदेशिक बिक्री करिब एक लाख ८० हजार पुगेको छ, जुन हालसम्मकै उच्च रहेको जनाएको छ ।

बीवाइडीअन्तर्गतको फाङ चेङ बाओ ब्रान्डले ४१ हजार २१३ वटा सवारी बिक्री गर्दै वार्षिक रूपमा १९०.६ प्रतिशतको वृद्धि हासिल गरेको छ । डेन्जा ब्रान्डले १९ हजार १९६ वटा सवारी बिक्री गर्दै ६८.८ प्रतिशतले वृद्धि गरेको छ ।

ली अटोले जुलाईमा ३० हजार ४६८ वटा सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले कम हो ।

निओले जुलाईमा ३५ हजार ९३४ वटा सवारी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन वार्षिक रूपमा ७१ प्रतिशतले बढी हो । यसमध्ये निओ ब्रान्डका २० हजार आठवटा, ओनभोका १० हजार १५५ वटा र फायरफ्लाई ब्रान्डका पाँच हजार ७७१ वटा सवारी बिक्री भएका छन् ।

यस्तै, साओमीले जुलाईमा ३० हजारभन्दा बढी सवारी हस्तान्तरण गरेको जनाएको छ । हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हाइमा) अन्तर्गत ४५ हजार ४६ वटा सवारी बिक्री भएका छन् । हुवावे र चेरीको सहकार्यमा उत्पादन हुने लक्सिड ब्रान्डले १० हजार ७०९ वटा सवारी बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा २२७.७ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu