ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजारमा खाना पकाउने ग्यासको हाहाकार किन ?


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ७ : २५   बजे

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने ग्यासको चरम अभाव सिर्जना भएको छ ।

पाँच दिनसम्म लाइनमा बस्दा पनि आम उपभोक्ताले ग्यासको सिलिण्डर पाएका छैनन् । ग्यास अभावको समस्या मुख्य गरी एउटा सिलिण्डर राख्ने उपभोक्ताले व्यहोर्न बाध्य भएका छन् ।

दुईदेखि तीन सिलिण्डर राख्ने र ग्यास खपत हुने उद्योग, होटेल, रेष्टुँरा र अन्य व्यवसायिक प्रयोजनका पसलमा भने ग्यासको अभाव देखिएको छैन । उपभोक्तावादीहरुका अनुसार आम उपभोक्ताले लाइनमा लागेर एक थान सिलिण्डर नपाएको अवस्थामा उद्योग, होटेल, रेष्टुँरा र पसलहरुले जति पनि संख्यामा चाहिएकै समयमा पाइरहेका छन् ।

अर्कोतर्फ अधिकांश उद्योगले आफ्ना साना बिक्रेतामा १५ दिनदेखि १ महिनासम्म ग्यास भरिएको सिलिण्डर नपठाउँदा पनि बजारमा ग्यासको चरम अभाव भएको हो ।

जडिबुटीस्थित नेपाल ग्यास, सिद्धार्थ ग्यास, एचपी ग्यास, त्रिवेणी ग्यासलगायतका साना बिक्रेताले पछिल्लो १५ दिनदेखि १ महिनासम्ममा उद्योगबाट भरिएका सिलिण्डर प्राप्त नभएको गुनासो गरेका छन् ।

‘उपभोक्ताले प्रत्येक दिन १० देखि ३० वटासम्म खाली सिलिण्डर बोकेर साट्न आउँछन्,’ जडिबुटीस्थित एक ग्यासका बिक्रेता क्लिकमान्डुसँग भने,‘उद्योगले दैनिक रुपमा ग्यास झार्नुपर्ने स्थानमा एक महिनासम्म नझारेको अवस्थामा त्यसरी खाली सिलिण्डर थुप्रिदै गएर बजारमा ग्यासको चरम अभाव भएको हो ।’

ति बिक्रेताका अनुसार पछिल्लो समयमा सरकारले ल्याएको आधी तौल ७.१ किलो तौल भएको सिलिण्डर चाँडै सकिने तर त्यो अनुसार समयमै उपलब्धता नहुँदा पनि बजारमा एकैपटक माग थपिएर बजार अस्तव्यस्त बनेको हो ।

‘एस वाहेक अमेरिकी इरान युद्धको प्रभाव पनि बजारमा परेको छ, उक्त युद्धका कारण ग्यासको समस्या होला भनेर बढी सिलिण्डर राखेका उपभोक्ताहरु एकैपटक साट्न आएका कारण पनि बजारमा समस्या देखिएको हो,’ उनले भने ।

नेपाल आयल निगमका निमिक्त कार्यकारी निर्देशक दिपक बरालले अहिले १४.२ किलो तौल भएको सिलिण्डर उपलब्ध हुन थालेपछि उपभोक्ता एकै पटक ३ देखि ४ वटा सिलिण्डर भर्न आएपछि बजार असहज बनेको जानकारी दिए ।

‘पूर्ण तौलको सिलिण्डर पाउने भएपछि एक्कासी बढि सिलिण्डर राखेका उपभोक्ता लिन आएपछि बजार अस्तव्यस्त बन्नुका साथै माग पनि अत्यधिक बढ्यो,’ निमिक्त कार्यकारी निर्देशक बरालले भने, ‘यसले गर्दा सामान्य समयमा खपत हुने ४५ हजार मेट्रिक टनको साटो अहिले ५५ हजारदेखि ६० हजार मेट्रिक टनको माग बढेको छ । आपूर्ति बढाएर पनि अवस्था सुधार गर्न लागेका छौं ।’

बरालले अनावश्यक संख्यामा घरमा ग्यासको जम्माखोरी (सञ्चय) नगर्न पनि आग्रह गरेका छन् । यसले गर्दा एक थान सिलिण्डर राख्ने उपभोक्ता सबैभन्दा बढी पीडित भएको उनको भनाई छ ।

अत्यधिक बढी आपूर्तिको दावी तर न्युन आयात

निगमले भने बजारको मागअनुसार ग्यास आपूर्ति भइरहेको दावी गरेपनि पछिल्लो चैतदेखि असारसम्मको अवधिमा निक्कै कम परिमाणमा नेपालमा ग्यास आयात भएको छ ।

सिजनअनुसार मासिक माग ४४ हजार मेट्रिक टन हुँदा हुँदै पनि ७.१ किलो तौल भएको सिलिण्डर नीति लागु भएपछि गत् चैतमा ३८ हजार ८ सय, बैशाखमा ३२ हजार ५६, जेठमा ३३ हजार ८ सय ४२ र असारमा ४४ हजार ५ सय ४४ मेट्रिक टनको हाराहारीमा देशभर ग्यास बिक्री भएको थियो । यहि हाराहारीमा ग्यास आयातसमेत भएको पाइएको छ । यस्तै साउन १ गतेदेखि १५ गतेसम्ममा २६ हजार मेट्रिक टन आयात भएको छ ।

गत वर्षको साउन महिनामा ४४ हजार ३ सय १८ र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा ४५ हजार ७ सय ३५ मेट्रिक टन ग्यास आपूर्ति भएको थियो ।

पछिल्लो समयमा सबैभन्दा बढी फागुन महिनामा ५१ हजार १ सय ९२ मेट्रिक टन ग्यास आयात भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

यसरी हेर्दा कूल मागको करिब तीन चौथाईको हाराहारीमा मात्रै ग्यास आपूर्ति हुनु र तौल पनि आधि मात्रै हुनुले पनि बजारमा बिस्तारै अभावको समस्या निम्त्याउँदै थियो । अहिले १४.२ तौलको सिलिण्डर नीति आएपछि बजारमा उक्त समस्या एकैपटक बाहिरिएको हो।

उनका अनुसार जुलाई महिना(असार १७ देखि श्रावण १५ सम्म) को अवधीमा ४९ हजार ५ सय मेट्रिक टन ग्यास आपूर्ति भएको थियो भने अगस्त महिना (साउन १६ देखि भदौ १५ सम्म) को लागि ५५ हजार मेट्रिक टनको कोटा भारतसँग माग गरिएको छ ।

अमेरिका-इरानको युद्ध सुरु हुनासाथ गत् माघ फागुन महिनामा देशभरका उपभोक्ताले ग्यासको लागि चरम अभाव समस्या व्यहोर्न बाध्य भएका थिए । त्यो वेला ग्यासको मागलाई सम्बोधन गर्न फागुन महिनामा ५१ हजार १ सय ९२ मेट्रिक टन आयात गरी चैत महिनादेखि सरकारले आधि तौल (७.१ किलो) को सिलिण्डर कार्यान्वयन ल्याएको थियो ।

एक उद्योगीकाअनुसार ७.१ तौलको सिलिण्डर कायम रहेको चार महिना (चैतदेखि असारसम्म) को अवधीमा निगमले ६० हजार मेट्रिक टन कम ग्यास आयातको लागि पीडिओ जारी गर्दा त्यसको असर अहिले बजारमा देखिएको हो ।

निगमले असार ३१ गतेदेखि पुनः १४.२ किलो तौलको सिलिण्डर बिक्री बितरण गराउने व्यवस्था गरेको थियो ।

ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले अहिलेको ग्यासको बजार सहज हुन कम्तिमा दुईदेखि तीन महिना लाग्ने बताए ।

‘आधि सिलिण्डर अधिकांशको घरमा थुप्रिएर ठूलो संख्यामा बसेको थियो, अहिले पूर्ण तौलको आएपछि ति सबै खाली सिलिण्डर एकै पटक बजारमा आउँदा बजार अस्तव्यवस्त बनेको हो,’ चन्दले भने, ‘झन् हल्लाको भरमा बढी सिलिण्डर राख्नेले पनि सिलिण्डर बजारमा ल्याउँदा झनै भयावह अवस्था सिर्जना भएको हो ।’

बजार विश्लेषकका अनुसार आधा सिलिन्डर ग्यास भर्ने निर्णयले ग्यास ढुवानी गर्ने बुलेटहरूको संख्यामा चाप परेको र कम्पनीहरूमा बुलेटहरू अलपत्र पर्दा नियमित आपूर्ति प्रणाली बिग्रिएको थियो ।

‘यदि त्यतिबेला १४.२ किलोकै सिलिन्डर वितरण गरिएको भए अहिलेको अभाव हुने थिएन,’ एक ग्यास उद्योगीले भने,‘अहिले फेरी सरकारले ७.१ किलो तौलकै सिलिण्डर पुनः कार्यान्वयनमा ल्याउने बिषयमा गृहकार्य सुरु गरेको छ । फेरी ७.१ किलो तौलकै सिलिण्डर ल्याउने नीति कार्यान्वयनमा आयो भने आगामी एक डेढ वर्षसम्म आम उपभोक्ताले अहिलेको जस्तो अभाव सिर्जना व्यहोर्न बाध्य हुनेछन् ।’

ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उपभोक्ताले अनावश्यक संख्यामा ग्यासको सिलिण्डर जम्माखोरी गरेका कारण बजारमा समस्या आएको जानकारी दिए ।

‘यो समस्यालाई समाधान गर्न उपत्यकासहित देशभरका ग्यास बिक्रेतालाई पर्याप्त परिमाणमा समयमै ग्यासको आपूर्ति सुनिश्चित गर्नुपर्छ, एक स्थानबाट सबै ग्यास सिलिण्डर बिक्री गरेर समस्या समाधान हुँदैन । उल्टै समस्यामा परेका उपभोक्तालाई महँगीको थप मार पर्छ ।’

अर्यालले भनेजस्तै अहिले सरकारले टेकुस्थित नेपाल आयल निगमको कार्यालयमार्फत केहि कम्पनीको ग्यास सिलिण्डर बितरण गर्ने व्यवस्था मिलाएको छ ।

आम उपभोक्ताले एउटा सिलिण्डर साट्न आउँदा ओहोर दोहोर गर्दा ट्याक्सी र राइड शेयरिङ सेवा उपभोग गरेवापत अतिरिक्त ८ सय रुपैयाँसम्म खर्च गर्नुपरेको छ ।

टेकुमार्फत भइरहेको बितरण प्रणालीलाई नै हरेक उद्योगको देशभरका बिक्रेतामार्फत प्रभावकारी रुपमा बितरण प्रणाली व्यवस्थित गर्न सकिए केहि सातामै समस्या समाधान हुने एक उद्योगीले भने ।

ठूला उद्योगको मनोमानी

आपूर्तिमा समस्या हुनुको अर्को कारण ठूला ग्यास कम्पनीहरूको क्षमताभन्दा बढी ऋण र कमजोर भण्डारण व्यवस्था पनि हो । उद्योगहरुले मागअनुसार ग्याससमेत आपूर्ति नगर्दा बजारमा त्यसको प्रत्यक्ष असर पुगेको छ ।

कतिपय ठूला कम्पनीले माग धान्न नसक्दा साना कम्पनीलाई समेत असर परेको छ । ग्यास उद्योगीहरूले समेत उपभोक्तालाई सास्ती दिने गरेको पाइएको छ ।

उद्योगहरुले डिलरलाई प्रदान गर्ने कमिसन र ढुवानी भाडा बचाउने लोभमा ग्यास डिपोको काउन्टरबाट बिक्री गरेको पाइएको छ ।

अधिकांश ग्यास उद्योगीले किराना पसललाई ग्यास बिक्री गर्ने जिम्मेवारी दिएका छन् भने औलामा गन्ने संख्यामा मात्रै आफ्नो छुट्टै खुद्रा बिक्रेता राखेका छन् । यसले गर्दा पनि बजारमा समस्या निम्तिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu