ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिने आधारभूत मगर भाषा प्रशिक्षण सम्पन्न


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ७ : ५५   बजे

पोखरा । नेपाल मगर संघ, संगम इकाई समिति, पोखरा–२९ खल्याड, कास्कीको आयोजनामा सञ्चालित १५ दिने आधारभूत मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

साउन १ गतेदेखि सञ्चालन भएको प्रशिक्षण शुक्रबार समापन गरिएको हो। समापन कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष तथा मगर भाषा प्रशिक्षक रुद्रबहादुर श्रीसमगरले यस्ता प्रशिक्षणले मगर भाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

उहाँले प्रशिक्षणमा सिकेका ज्ञानलाई दैनिक बोलचाल र व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै घरपरिवारमै मगर भाषा प्रयोग नभएसम्म यसको संरक्षण सम्भव नहुने उल्लेख गर्नुभयो। मगर भाषाको संरक्षणका लागि राज्यसँगै समुदायको सक्रिय भूमिका आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा इकाई समितिका संस्थापक अध्यक्ष तिलबहादुर सारूमगरले लोपोन्मुख बन्दै गएको मगर भाषाको संरक्षणका लागि प्रशिक्षण सञ्चालन गर्नु सकारात्मक पहल भएको बताउनुभयो। समितिका सल्लाहकार मोहनीलाल थापामगरले प्रत्येक मगर बस्तीमा यस्ता भाषा प्रशिक्षण सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल मगर संघ, संगम इकाई समितिका अध्यक्ष खर्कबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भीमा थापामगर र सहसचिव सीता आलेमगरले पनि मगर भाषाको संरक्षण र प्रवर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रशिक्षणमा इकाई समितिका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu