ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ६ : ३५   बजे
काठमाडौं । मनसुन सक्रिय रहेका बेला देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेकाले भारी वर्षाको सम्भावना बढेको विभागको भनाइ छ ।
कहाँ–कहाँ पर्छ भारी वर्षा ?
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन र चट्याङको पनि जोखिम
दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।
राति देशभर बादल लाग्ने क्रम जारी रहने छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
यसैगरी राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, मधेस प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Congress Leader Presents Motion on Land Rights in HoR

Nepal’s Urban Flood Crisis: A Call for Integrated Water Management

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

मधेशको जलसङ्कट दीर्घकालीन संरचनागत समस्या : राष्ट्रिय सभा समितिको प्रतिवेदन

एमएसएमईको बिमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक : अध्ययन

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu