ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ९ : ०५   बजे

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बाढीबाट बस्ती जोगाउन स्थानीयले निर्माण गरेको अस्थायी तटबन्ध भारतीय सुरक्षाकर्मीले भत्काएको घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा फेरि तनाव उत्पन्न भएको छ। घटनापछि नेपाल सरकारले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारसमक्ष कूटनीतिक विरोध जनाएको छ।

आइतबार बिहान नारायणी नदीको कटान रोक्न स्थानीयले माटोको अस्थायी तटबन्ध निर्माण गरिरहेका बेला सादा पोसाकमा आएका भारतीय पक्षका सुरक्षाकर्मीले संरचना भत्काएको स्थानीयको आरोप छ। घटनापछि केहीबेर तनावको अवस्था सिर्जना भए पनि सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बीच समन्वय भएपछि अवस्था सामान्य बनेको थियो।

स्थानीयका अनुसार नेपाल सरकारले सुस्तामा १३२ मिटर लामो स्थायी तटबन्ध निर्माणको योजना अघि बढाए पनि भारतीय पक्षको आपत्तिका कारण उक्त काम लामो समयदेखि रोकिएको छ। त्यसपछि बाढीबाट बस्ती जोगाउन स्थानीयले अस्थायी तटबन्ध बनाएका थिए।

भारतीय पक्षले भने विवादित क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा दुवै देशबीच कायम रहेको ‘यथास्थिति’ उल्लंघन हुने अडान लिँदै आएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मी सादा पोसाकमा नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको संरचना भत्काएको घटनाप्रति औपचारिक आपत्ति जनाएको छ।

सीमा विज्ञहरूको भनाइअनुसार सन् १९८८ मा नेपाल र भारतले नारायणी नदीलाई स्थिर सीमाको सिद्धान्त अनुसार सीमा नदीका रूपमा स्वीकार गरेका थिए। त्यसअनुसार नदीले पछि धार परिवर्तन गरे पनि सीमा परिवर्तन नहुने नेपाली पक्षको दाबी छ। तर नदीको धार परिवर्तनसँगै सीमा व्याख्यामा दुवै देशबीच मतभेद रहँदै आएको छ।

यसअघि पनि सुस्ताका स्थानीयले नेपाली सेनाको स्थायी उपस्थिति, सीमा सुरक्षा मजबुत बनाउन तथा भारतीय सुरक्षाकर्मीबाट हुने हस्तक्षेप रोक्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका थिए।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले हाल सुस्ता क्षेत्रको अवस्था सामान्य रहेको बताएका छन्। यद्यपि स्थानीयले बाढीको जोखिमसँगै सीमा विवादका कारण आफूहरू वर्षौंदेखि असुरक्षित अवस्थामा बाँच्न बाध्य भएको गुनासो गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu