काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज (साउन १९) सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल सुरु भएको हो।
सिंहदरबार स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ। छलफलमा सुदूरपश्चिमसँग सम्बन्धित समसामयिक विषय, विकास आयोजना तथा प्रदेशका प्राथमिकताबारे छलफल भइरहेको अनुमान गरिएको भए पनि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्