ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीसँग मेहेता परिवारको माग- दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही


ABC NEWS
२० श्रावण २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका रवीन्द्र मेहताको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गृहमन्त्री सुधन गुरुङसँग मृतकका परिवारको छलफल भए पनि सहमति हुन नसकेपछि परिवारले शव बुझ्न अस्वीकार गरेको हो ।

मृतकका दाजु रोशन मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा नल्याएसम्म सरकारसँग कुनै सहमति नहुने बताए । गोली चलाउने प्रहरी र घटनामा संलग्न अन्य व्यक्तिमाथि तत्काल पक्राउ पुर्जी जारी गरी कारबाही गर्नुपर्ने माग उनले राखे ।

रोशन मेहताले भने, “जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म शव बुझ्दैनौँ । दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही गर्नुपर्छ । त्यसपछि मात्रै सरकारसँग थप सहमति हुन सक्छ ।”

छलफलका क्रममा गृहमन्त्री गुरुङले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन भइसकेको र समितिको प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका परिवारले जनाएको छ ।

यसअघि सरकारले सोही घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति गरेको थियो ।

रवीन्द्र मेहताको परिवारले पनि सोही प्रकृतिको सहमति र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेको जनाएको छ । न्युज एजेन्सी नेपाल

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बाढीपछि पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक बन्द

वर्षा थिएन, तर आयो विनाशकारी बाढी : ‘हिमपहिरो–भूकम्प–प्राकृतिक बाँध’को रहस्य खोज्दै वैज्ञानिक

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu