बागलुङ । निरन्तर वर्षापछि खसेको पहिरोले बागलुङको बडिगाड गाउँपालिका–४ जलजलामा एक घर र गोठमा क्षति पुर्याएको छ।
मंगलबार बिहान खसेको पहिरोले स्थानीय लालबहादुर विकको घर र गोठमा क्षति पुगेको वडा नं. ४ का अध्यक्ष मिलन रेश्मीले जानकारी दिए। पहिरोका कारण घर बस्न नमिल्ने अवस्थामा पुगेपछि विकको परिवारलाई छिमेकी ढालबहादुर बुढाको गोठमा अस्थायी रूपमा बस्ने व्यवस्था मिलाइएको उनले बताए।
उक्त पहिरोले स्थानीय ओमबहादुर बुढाको घर र गोठ पनि उच्च जोखिममा परेको छ। घर नजिकैबाट पहिरो गएको र वर्षा जारी रहे थप क्षति हुन सक्ने भएकाले सतर्क रहन वडा कार्यालयले आग्रह गरेको छ।
यसैबीच, साउन ११ गते घरमाथिबाट खसेको पहिरोले घरगोठमा क्षति पुगेपछि पुरानो घरमा बस्दै आएका स्थानीय दुर्गाबहादुर दर्लामीको परिवारलाई वडा कार्यालयले जस्तापातासहित आवश्यक सहयोग उपलब्ध गराएको वडा अध्यक्ष रेश्मीले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्