ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिनमै ग्यास आपूर्ति सहज हुने, सञ्चय नगर्न सरकारको आग्रह


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा अहिले नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी एलपी ग्यास आयात तथा वितरण भइरहेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ भने नेपाल आयल निगम र ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण तथा वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सुधारका काम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्ताको पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत गतिविधि गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार

धुलो–धुवाँमुक्त काठमाडौं बनाउने तयारी, ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu