ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ४५   बजे

काठमाडौं । सरकारले मलेसिया र खाडीका मुलुकमा जाने नेपाली श्रमिकका लागि लागू गरिएको ‘निःशुल्क भिसा र टिकट’ व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको छ। ११ वर्षअघि लागू गरिएको यो व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि सरकारले नयाँ मोडेलमा जाने तयारी थालेको हो।

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले २०७२ असार २१ गते मलेसिया तथा साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान र बहराइनमा जाने श्रमिकलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेका थिए। सो व्यवस्थाअनुसार श्रमिकले म्यानपावर कम्पनीलाई लागत शुल्कबापत १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने प्रावधान छ।

तर व्यवहारमा भने श्रमिकहरूले १० हजार रुपैयाँको रसिद लिए पनि दुई लाखदेखि साढे चार लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको गुनासो हुँदै आएको छ। वैदेशिक रोजगार व्यवसायीहरूले पनि विदेशबाट मागपत्र ल्याउन ठूलो खर्च लाग्ने भन्दै १० हजार रुपैयाँमा श्रमिक पठाउन सम्भव नभएको दाबी गर्दै आएका छन्।

यही अवस्थालाई मध्यनजर गर्दै युवा, श्रम तथा रोजगार मन्त्रालयले सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरी व्यवस्थाको पुनरावलोकन गरिरहेको छ।

समितिका संयोजक घिमिरेका अनुसार निःशुल्क भिसा–टिकटको व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो निरन्तर आइरहेकाले अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्दै श्रमिक र व्यवसायी दुवैलाई न्याय हुने गरी व्यावहारिक व्यवस्था बनाउन छलफल भइरहेको छ।

उनका अनुसार हाल अनौपचारिक रूपमा लिइँदै आएको ठूलो रकमलाई नियन्त्रण गर्न सरकारले निश्चित सेवा शुल्क तोकेर पारदर्शी र व्यवस्थित प्रणाली लागू गर्ने विकल्पमाथि पनि अध्ययन भइरहेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि हालको व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै पुनरावलोकनको माग गर्दै आएको छ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका देशको अभ्यास अध्ययन गरी नेपालमा पनि व्यावहारिक शुल्क निर्धारण गर्नुपर्ने बताए। उनका अनुसार श्रमिकले विदेशमा कमाएको पहिलो एक–डेढ महिनाको तलब बराबरको रकम आधिकारिक रूपमा शुल्क तिर्ने व्यवस्था गरिए श्रमिक, सरकार र व्यवसायी सबैलाई फाइदा पुग्नेछ।

उनले सरकारले तोकेको शुल्कभन्दा बढी रकम कुनै व्यवसायीले असुलेमा कारबाहीका लागि सङ्घले समेत सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Monsoon Brings Cloudy Skies and Rainfall Across Nepal

ड्र्यागन फ्रुट बगैँचामा बत्ती जडान,बेमौसममा उत्पादनको तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

LP Gas Supply to Normalize Soon, Says Nepal Government

गुठी युवा क्लबले भदौ २८–२९ मा पाँचौं तीज मेला गर्दै

राष्ट्रिय परिचयपत्र प्रणाली एक महिनादेखि ठप्प, सेवाग्राही समस्यामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu