पोखरा। महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीले नेपाल पर्यटन बोर्ड निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिँदै पर्यटन प्रवर्द्धनका नीति तथा योजनामा व्यवसायीको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।
नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलसँगको भेटमा ओटेफले पोखरामा पर्यटकको बसाइ अवधि बढाउने, फेवाताल संरक्षण र सौन्दर्यीकरण, अव्यवस्थित पार्किङको दीर्घकालीन समाधान तथा महिला पर्यटन व्यवसायीका लागि सीपमूलक तालिम सञ्चालन गर्न सुझाव दिएको हो।
बोर्ड सदस्य पोखरेलले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पर्यटकलाई आवश्यक जानकारी उपलब्ध गराउन क्युआर कोड प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्