जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर नजिक रहेको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको बिहार राज्यको हाजीपुर निवासी २० वर्षीय आदर्शकुमार झा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार गएराति पोखरीमा हामफालेका उनलाई स्थानीय युवाले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएका थिए।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्