ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धवलशमशेर राणाको अध्यक्षतामा ‘जय नेपाल पार्टी’ गठन, दुर्गा प्रसाईं सर्वोच्च नेता


ABC NEWS
२० श्रावण २०८३, बुधबार   ८ : १५   बजे

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदबाट बाहिरिएका डा. धवलशमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठन भएको छ।

नवगठित पार्टीमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाइएको छ।

केही समयअघि एकता गरेका राणा र प्रसाईं पक्षले नयाँ दलको नाम तय गर्न उपसमिति गठन गरेका थिए। सोही उपसमितिको सिफारिसका आधारमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरिएको अध्यक्ष राणाले जानकारी दिएका छन्।

“उपसमितिको सिफारिसअनुसार पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय भएको हो,” अध्यक्ष राणाले भने, “कार्यकारी अधिकारसहित म अध्यक्ष रहनेछु भने दुर्गा प्रसाईंजी सर्वोच्च नेताको भूमिकामा रहनुहुनेछ।”

उनका अनुसार तत्कालका लागि अध्यक्ष र सर्वोच्च नेताबाहेक अन्य पदाधिकारी नियुक्त गरिने छैन।

पार्टीले प्रारम्भिक चरणमा एक केन्द्रीय समिति गठन गर्ने र आवश्यकता तथा समयअनुसार अन्य नेताहरूलाई जिम्मेवारी प्रदान गर्दै संगठन विस्तार गर्ने तयारी गरेको अध्यक्ष राणाले बताएका छन्।

नयाँ दल गठनसँगै राप्रपाबाट अलग भएका राणा र प्रसाईं समूहले आगामी दिनमा आफ्नो राजनीतिक गतिविधि नयाँ पार्टीमार्फत अघि बढाउने भएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Union Contracts Rejected: A Call for Collective Power

Russia May Launch Fresh Mobilization Drive as War Efforts Falter

Abdul El-Sayed Secures Michigan Senate Primary Victory Over Haley Stevens

Left-Wing Candidate Abdul El-Sayed Secures Michigan Primary Victory

WHO Head Warns of Accelerating Ebola Outbreak in DRC

Guatemala Evacuates Communities After Fuego Volcano Erupts

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu