ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल तस्करी आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा


ABC NEWS
२० श्रावण २०८३, बुधबार   ८ : १५   बजे

काठमाडौं — रासायनिक मल तस्करीको आरोपमा एक महिनाभन्दा बढी समयदेखि भारतको जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा भएका छन्।

भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको डुमरा जिल्ला अदालतले बुधबार सर्लाहीको बलरा नगरपालिका–५ निवासी ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सहयोगी विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले दुवै जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ।

दुवै दाजुभाइलाई गत जुलाई १ मा भारत–नेपाल सीमावर्ती भारतीय सहर सोनवर्षाबाट नेपाल फर्किने क्रममा भारतको सशस्त्र सीमा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।

उनीहरूको साथबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल बरामद भएपछि रासायनिक मल तस्करीको आरोपमा नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका दुवै जनाले भने उक्त मल कुनै व्यावसायिक प्रयोजनका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न नेपाल ल्याउन लागेको दाबी गरेका थिए।

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनीहरू जेलमुक्त भएका छन्। मुद्दाको अन्तिम सुनुवाइ भने अदालतमा जारी रहने जनाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

काभ्रेमा बर्डफ्लु संक्रमणपछि ९० हजारभन्दा बढी पन्छी नष्ट

नापजाँच भएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

राजेन्द्र राईको माग : ‘गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिऔँ’

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

मल संकटको दीर्घकालीन समाधान खोज्न सरकारले बनायो १२ सदस्यीय कार्यदल

रोल्पा पहिरोपीडितलाई तत्काल राहत दिने लुम्बिनी सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu