ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति


ABC NEWS
२० श्रावण २०८३, बुधबार   ८ : १५   बजे

 

काठमाडौं — कोसी प्रदेश सरकारको नेतृत्वबारे केही दिनदेखि जारी अन्योल अन्ततः टुंगिएको छ। नेकपा (एमाले) का सचिव तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने भएका छन्।

बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र पार्टी सचिव राजकुमार भण्डारीबीच भएको छलफलपछि कार्कीकै नेतृत्वमा सरकार अघि बढाउने सहमति बनेको हो।

छलफलमा अध्यक्ष ओलीले तत्काल नेतृत्व परिवर्तन नगर्ने संकेत दिए पनि भविष्यमा पार्टीले आवश्यक ठानेको अवस्थामा मुख्यमन्त्रीसहित सरकारमा रहेका सबै मन्त्रीहरूले निर्देशनअनुसार पद छाड्नुपर्ने सर्त राखेका छन्।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार अहिले गठबन्धनलाई कायम राख्दै कार्कीकै नेतृत्वमा सरकार सञ्चालन गर्ने निर्णय भएको छ।

“यसैगरी चल्दै जाने, अध्यक्षले उपयुक्त वातावरण जतिखेर देख्नुहुन्छ, त्यतिबेला सबैले निर्देशन मान्नुपर्ने, बस्नुपरे बस्ने र छोड्नुपरे छोड्ने निष्कर्षमा पुगियो,” खतिवडाले बैठकपछि बताए।

उनले अहिलेका लागि गठबन्धनलाई व्यवस्थित गर्दै कार्कीकै नेतृत्वमा प्रदेश सरकार अघि बढ्ने सहमति भएको पनि जानकारी दिए।

“अहिले गठबन्धन मिलाएर उहाँकै नेतृत्वमा जाने। अध्यक्षले छोड्नू भनेका बेला मुख्यमन्त्री, मन्त्री सबैले छोड्ने सहमति भएको छ,” उनले भने।

नेतृत्व परिवर्तनको प्रयास असफल

एमालेभित्र कोसी प्रदेशको नेतृत्व परिवर्तनलाई लिएर केही दिनयता तीव्र विवाद चलिरहेको थियो। अध्यक्ष ओलीले मुख्यमन्त्री हिक्मत कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेको चर्चा थियो।

त्यसका लागि अध्यक्ष ओलीले पार्टी सचिव शेरधन राईलाई कार्कीसँग राजीनामा गराउन जिम्मेवारीसमेत दिएको बताइएको थियो। मेन्याङ्बोको पक्षमा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको थियो।

तर मुख्यमन्त्री कार्कीले राजीनामा दिन अस्वीकार गरेपछि विवाद झन् चर्किएको थियो। कार्कीसहित प्रदेशका प्रभावशाली नेताहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने अडान लिएपछि पार्टी नेतृत्वले तत्काल नेतृत्व परिवर्तनको योजना अघि बढाउन नसकेको स्रोतको दाबी छ।

विवाद समाधानका लागि अध्यक्ष ओलीले कोसी प्रदेशका शीर्ष नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेका थिए। सोही छलफलपछि तत्कालका लागि हिक्मत कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति बनेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

Sheikh Hasina Urges International Support for Democratic Struggle in Bangladesh

Democracy Now! Launches Daily Digest Subscription Service

Progressive Abdul El-Sayed Wins Michigan Senate Primary, Defying AIPAC Spending

Man Arrested with Weapons Near Trump Golf Course Ahead of Fundraiser

BJP Criticizes Rahul Gandhi Over Student Protest Narrative

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu