ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लखन्देहीको बाँध भत्किँदा सर्लाहीमा १,५०० बिघा धानबाली डुबान


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ८ : ३५   बजे

सर्लाही । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा करिब १,५०० बिघा धानबाली डुबानमा परेको छ। बाढीले केही बस्ती, घर तथा गोठसमेत प्रभावित भएका छन्।

गत सोमबार राति कौडेना–५ छपकैयामा बाँध भत्किएपछि बाढी खेतमा पसेको हो। बाढीका कारण छपकैयामा ८०० बिघा, मलङ्गवा–६ खुटौनामा ५०० बिघा र मलङ्गवा–५ भाडसरमा ३०० बिघा धानबाली डुबानमा परेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार विगत १५ वर्षदेखि हरेक वर्ष बर्खायाममा यस्तै डुबानको समस्या दोहोरिँदै आएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा र बाँध निर्माणमा पर्याप्त अध्ययन नगरिँदा समस्या झन् बढेको उनीहरूको गुनासो छ।

चार दिनदेखि डुबानमा परेका भर्खरै रोपिएका धानबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन्। पुनः रोपाइँ गर्न आवश्यक बीउ र ब्याडसमेत नभएकाले उनीहरू थप समस्यामा परेका छन्।

स्थानीय जनप्रतिनिधिहरूले लखन्देही खोलाको धार परिवर्तन र कमजोर तटबन्धका कारण हरेक वर्ष कटान तथा डुबान हुने गरेको बताएका छन्। दीर्घकालीन समाधानका लागि ठूलो बजेटसहित व्यवस्थित तटबन्ध निर्माण आवश्यक रहेको उनीहरूको भनाइ छ।

बाढीका कारण सदरमुकाम मलङ्गवाबाट भाडसर र खुटौनासम्मको आवतजावत प्रभावित भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको प्रयास गरे पनि सफल हुन सकेको छैन। प्रतिनिधिसभा सदस्य रविन महतोले प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

मल तस्करी आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा

वधशालाको ‘फोहोर’ अब उद्योगको कच्चा पदार्थ, सरकारको नयाँ योजना

वधशालाको ‘फोहोर’ अब उद्योगको कच्चा पदार्थ, सरकारको नयाँ योजना

मल तस्करी आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ धरौटीमा रिहा

ड्र्यागन फ्रुट बगैँचामा बत्ती जडान,बेमौसममा उत्पादनको तयारी

बागलुङको विकास कृषिजन्य मार्गमा खोजी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu