सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार साउन २३ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार ‘डीजे काण्ड’देखि गोलीकाण्ड र त्यसपछि भएका तोडफोडका घटनामा संलग्न भएको आशंकामा चार जनालाई नेपाल–भारत सीमा पार गर्ने क्रममा पक्राउ गरिएको हो। यस्तै, सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेका अर्का एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा उनीहरूको वास्तविक संलग्नताबारे भने अनुसन्धान पूरा भएपछि मात्र आधिकारिक पुष्टि हुने बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्