ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा सार्वजनिक  लिपमोटर बी०३एक्स : ५०५ किमि रेन्ज, ४४.९९ लाखमै पहिलो १०० ग्राहकलाई उपलब्ध


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ९ : १५   बजे

काठमाडौं । नेपाली इलेक्ट्रिक सवारीसाधन बजारमा अर्को अत्याधुनिक एसयूभी थपिएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार नयाँ लिपमोटर बी०३एक्स (Leapmotor B03X) सार्वजनिक गर्दै यसको औपचारिक बुकिङ खुला गरेको छ।

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित यो नयाँ इलेक्ट्रिक एसयूभी आधुनिक प्रविधि, उच्च रेन्ज र नेपाली सडकलाई लक्षित डिजाइनका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

५०५ किलोमिटर रेन्ज, शक्तिशाली मोटर

कम्पनीका अनुसार बी०३एक्समा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट–आवर (kWh) ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा यसले सीएलटीसी (CLTC) मापदण्डअनुसार ५०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ।

नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको यस गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स राखिएको छ, जसले विभिन्न प्रकारका सडकमा सहज यात्रा गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ।

बी०३एक्समा ५१० लिटर क्षमताको फराकिलो बुटस्पेस, विशाल केबिन र प्रिमियम इन्टेरियर उपलब्ध छ।

सुरक्षाका लागि यसमा ADAS (Advanced Driver Assistance System) Level-2 प्रविधि जडान गरिएको छ, जसले स्मार्ट तथा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। गाडी पाँच फरक रंगमा उपलब्ध हुनेछ।

लिपमोटरलाई विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसको रणनीतिक साझेदारी प्राप्त छ। स्टेलान्टिसअन्तर्गत मासेराटी, जीप, प्युजोलगायत १४ अन्तर्राष्ट्रिय ब्रान्ड सञ्चालनमा छन्।

कम्पनीका अनुसार लिपमोटर हाल चीनको अग्रणी न्यु इनर्जी भेहिकल (NEV) स्टार्टअप ब्रान्डमध्ये एक हो।

विश्वभर हालसम्म १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको लिपमोटरले जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी गाडी बिक्री गरेको जनाएको छ।

कम्पनीका अनुसार लिपमोटरको बिक्री तथा सेवा सञ्जाल अहिले ४० भन्दा बढी देशमा फैलिएको छ, जहाँ १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रसञ्चालनमा छन्।

प्रारम्भिक मूल्य

सांग्रिला मोटर्सले पहिलो १०० ग्राहकका लागि लिपमोटर बी०३एक्सको विशेष प्रारम्भिक मूल्य रु. ४४ लाख ९९ हजार निर्धारण गरेको जनाएको छ।

नेपालमा इलेक्ट्रिक सवारीसाधनको माग तीव्र रूपमा बढिरहेका बेला मध्यम मूल्य, उच्च रेन्ज र अत्याधुनिक सुरक्षा प्रविधिसहित आएको बी०३एक्सले प्रतिस्पर्धी ईभी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ यस वर्ष लघुकथाकार अल्पविरामलाई

तहल्का सम्पादक तरुण तेजपाल बलात्कार मुद्दामा दोषी, १० वर्ष कैद सजाय

सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेकोमा पूर्वस्वास्थ्यमन्त्री पौडेलको खुसी

ग्यासमा कालोबजारी रोक्न काठमाडौं उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

आज ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu