सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा बोलबम यात्रु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आइतबार साँझ भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ आउँदै गरेको ज.१ त ४८०८ नम्बरको ट्याक्टर साँझ करिब ८ बजे स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
दुर्घटनामा मोनाकुमारी मण्डल, चन्द्रकुमारी दास, रामदुलारी दास, रामकुमारी दास, पन्चा मण्डल, आशिषकुमार यादव, बिकी मण्डल, बिनाकुमारी मण्डल र कृष्णकुमार यादवसहित १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर छ। सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्