ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान ८ बजेसम्म देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा कोसी, मधेस र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कहाँ-कहाँ वर्षा?

दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेस, बागमती र गण्डकीका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

राति पनि वर्षा कायमै रहने

सोमबार राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

त्यस्तै, कोसी र बागमती तथा गण्डकीका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा, कर्णालीका हिमाली–पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी–तराई क्षेत्रमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। केही स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि वर्षा

काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार उपत्यकाका अधिकांश स्थानमा पछिल्लो करिब ६ घण्टादेखि हल्का वर्षा भइरहेको थियो।

उनका अनुसार बिहान ८/९ बजेपछि केही समय मौसममा सुधार देखिए पनि दिउँसो पुनः वर्षा हुने सम्भावना छ। दिउँसो उपत्यकामा मध्यमसम्म वर्षा हुनसक्ने र वर्षा निरन्तर भए केही स्थानमा भारी वर्षासमेत हुनसक्ने उनले बताएका छन्।

कति वर्षालाई हल्का, मध्यम र भारी भनिन्छ?

मौसमविद्का अनुसार २४ घण्टामा:

  • १० मिलिमिटरभन्दा कम वर्षा — हल्का
  • १० देखि ५० मिलिमिटरसम्म — मध्यम
  • ५० देखि १०० मिलिमिटरसम्म — भारी
  • १०० देखि २०० मिलिमिटरसम्म — धेरै भारी
  • २०० मिलिमिटरभन्दा बढी — अति भारी वर्षा

भनिन्छ।

त्यस्तै, वर्षाको सम्भावना जनाउँदा एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम भूभाग, थोरै स्थान भन्नाले १०–३० प्रतिशत, केही स्थान भन्नाले ३०–५० प्रतिशत, धेरै स्थान भन्नाले ५०–८० प्रतिशत र अधिकांश स्थान भन्नाले ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना बुझिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीमा पुराना दललाई धक्का दिँदै श्रम संस्कृति पार्टीको आक्रामक संगठन विस्तार

प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूत भेट्दै, भोलि अमेरिकी दूतावासका अधिकारीसँग भेटवार्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

कोसीमा पुराना दललाई धक्का दिँदै श्रम संस्कृति पार्टीको आक्रामक संगठन विस्तार

प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूत भेट्दै, भोलि अमेरिकी दूतावासका अधिकारीसँग भेटवार्ता

धार्मिक सद्भावको परीक्षा : हिंसा रोक्ने होइन, विश्वास जोगाउने चुनौती

Twitch Bans Streamer Asmongold Over Controversial Migrant Comments

Ceuta Migration Crisis Highlights Shifting Dynamics Between Europe, Morocco

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu